काठमाडौँ, २२ साउन । प्रहरीको अनुसन्धानबाट बुधबार एक बैंकको विराटनगरस्थित शाखा कार्यालयमा कार्यरत युवतीले वि’ष सेवन गरेर आ’त्मह’त्या गरेको खुल्न आएको छ ।
आ’त्मह’त्या गर्नेमा विराटनगर महानगरपालिका–८ सहयोगी टोलकी सनाज खतिवडा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विष पिएर घा’इते अवस्थामा भेटिएकी उनको उपचारको क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
आ’त्मह’त्या गर्नुअघि खतिवडाले लेखेको एउटा सुसा’इड नोट समेत फेला परेको छ । सुसा’इड नोटमा बाबु र आमालाई सम्बोधन गर्दै उनले आफूले आफ्नै कारणले मृत्युको बाटो रोजेको र यस घटनामा कसैलाई पनि दो’ष नदिन भनिएको प्रहरिले जनाएको छ ।
बैंकमा आफ्ना बुबाको नाममा २० लाख रुपैयाँ जम्मा गरिदिएको समेत ती युवतीले सुसा’इड नोटमा उल्लेख गरेकी छन् । उनले यस्तै विभिन्न बैंक तथा वित्तिय संस्थामा आफ्नो सेयर रहेको समेत सुसा’इड नोटमा उल्लेख गरेकी छन ।
बुधबार बिहान ती युवतीलाई शौचालयभित्र बे’होस अवस्थामा बैंकका कर्मचारीले फेला पारेका थिए । छेउमा वि’षादीको बट्टासँगै ब्ले’डले आफ्नो देब्रे हात का’टेको अवस्थामा भेटिएकी थिइन् । उनलाई तत्कालै एम्बुलेन्स बोलाएर अस्पताल लगिएको थियो ।
प्रहरीले बैङ्कको सिसीटिभी फुटेज झिकेर घटनाको अनुस’न्धान गरिरहेको जनाएको छ । खतिवडाको शव पो’ष्टमा’र्टमको लागि कोशी अस्पतालमा पठाइएको छ ।