सर्च इन्जिन गुगलले चीनसँग सम्बन्धित २५ सय युट्युब च्यानल डिलिट गरेको छ । गुगलको अनुसार चीनसँग सम्बन्धित यी च्यानल भिडियो सेयरिङ प्लेटफर्म युट्युबमा भ्रामक समाचार फैलाउने कोसिसमा जुटेका थिए । गुगलले यी युट्युब च्यानललाई अप्रिलदेखि जूनको बीचमा आफ्नो प्लेटफर्मबाट हटाएको जानकारी दिएको छ ।
गुगलले त्रैमासिक बुलेटिनमा भ्रामक अपरेशनबारे चर्चा गर्दै यी युट्युब च्यानलले सामान्य रुपमा स्पाम र गैर राजनीतिक विषयवस्तु पोस्ट गर्ने भनेता पनि ती कन्टेन्टको एउटा सानो हिस्सा राजनीतिसँग जोडिएको हुने जानकारी दियो ।
गुगलका अनुसार यी युट्युब च्यानलले ट्वीटरमा पनि समान भ्रामक सूचना फैलाउने गर्दथे । यसबाहेक कम्पनीले डिलिट गरेको अन्य चिनियाँ युट्युब च्यानलबारे कुनै जानकारी दिएको छैन ।
गुगलको ताजा कारवाहीको विषयमा अमेरिकामा चिनियाँ दूतावासले कुनै प्रतिक्रिया दिएको छैन । यद्यपि, यसअघि बेइजिङले भ्रामक समाचार फैलाएको आरोप अस्विकार गरेको छ । एजेन्सी

यो पनि पढ्नुहोस :-
पोहोर साल टिकटक काण्ड बजारमा ल्याएको दियान मिडियाले यसपाली पनि निकै आशा लाग्दो गीत टिकटक कण्ड भाग २ ‘भोटे कुकुर’ सार्वजनिक गरेको छ ।
अहिलेको को’रो’नाको र खाध्यबालि मास्ने सल’हको महामा’रीको समयमा अत्यन्तै मिठो स्वर, शब्द, अभीनय र समय सान्दर्भिक टिकटक काण्ड २ को तीज बिशेष गीत “भोटे कुकुर” सम्पुर्ण नेपालीहरु माझ लोकप्रिय बन्दै छ ।