अमेरिकामा यसबर्षको समर सुरु भइसकेपछि तालमा डू’बेर ५ जना नेपालीको मृत्यु भएको छ । माछा मा’र्न, बोटिङ वा पौडन गएको बेलामा उनीहरुको मृत्यु भएको हो ।
पछिल्लो पटक गत शनिबार मिनेसोटामा तालमा डू’बेर २४ बर्षीय युवा आशुतोष दाहालको मृत्यु भएको छ । बिराटनगरका दाहालले हालै सेन्ट क्लाउड स्टेट युनिभर्सिटीबाट ग्रयाजुएट गरेका थिए ।
शनिबार बेलुका पौने ८ बजेतिर बिग लेकमा गएका उनी ट्युबबाट ख’सेर पानीमा डू’बेका थिए । झण्डै दुईघण्टापछि उनको शव प्रहरीले झण्डै १० फिट तलबाट निकालेको थियो ।
गतसातामात्र अमेरिकाको टेक्सासमा तालमा डू’बेर २३ बर्षकी नेपाली युवती अस्मिता खनालको मृत्यु भएको थियो । जुलाई २६ तारिख आइतबार टेक्सासको लेक लेविसभिलबाट उनको शव निकालिएको थियो । दिउसो ३ बजेतिर उनी तालमा ख’सेकी थिइन् । उनी लाइफ ज्याकेटविना नै डुंगाको पछिल्लो भागबाट तालमा ख’सेकी हुन् ।
जुलाई ९ मा टेक्सासमा रहेको ब्राजोस नदिमा माछा मा’र्न गएका १९ बर्षका त्रिशरण खत्री र हिकारु गौतमको पानीमा डू’बेर मृत्यु भएको थियो । गौतम र खत्री अर्का एकजना भियतनामी साथीसँग माछा मा’र्न गएका थिए । गौतम पानीमा डू’बेपछि बचाउन खोज्दा खत्री आफूपनि डू’बेका थिए । उनीहरुले गतबर्षमात्र हाईस्कुल ग्रयाजुएट भएका थिए ।
मे महिनामा मेरिल्याण्डमा २५ बर्षका नेपाली युवाको पानीमा डू’बेरै निधन भएको थियो । वाग्लुङ्ग जिल्ला घर भई मेरिल्याण्डमा वस्दै आएका वर्ष २५ का आशिष केसीको रिची हाईवे नजिकको तलाउमा डु’बेर मृत्यु भएको थियो । एजेन्सी