नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु चक्रपथ फिडरबाटवितरीत ११ केभी लाइनमा नयाँ फिडर तान्नका लागि विद्युत् कटौती गर्न लागिएको हो ।
प्राधिरकणले शुक्रबार र शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उक्त फिडरअन्तर्गतका बाग्डोल क्षेत्रमा विद्युत् कटोती हुने जनाएको छ ।
प्राधिकरणका अनुसार सानेपा चक्रपथ, खाद्य गोदाम, चाइनिज क्याक्प क्षेत्रलगायत क्षेत्रमा विद्युत् कटौती हुनेछ । प्राधिकरणले तोकिएको काम समयअगावै सम्पन्न भएको खण्डमा विद्युत् पुनःप्रवाह हुने जनाएको छ । रासस
यो पनि पढ्नुहोस :-
फेसबुकले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको एउटा पोस्ट डि’लिट गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरसको विषयमा रा’ष्ट्रपति ट्र’म्पको पोस्ट फे’सबुकले पहिलो पटक हटाएको हो ।
उक्त कम्पनीका अनुसार राष्ट्रपति ट्रम्पको पोस्टले गलत सू’चना साझा गरेको र नियमको उ’ल्लंघन गरिरहेको थियो । ट्र’म्पको पोस्टका साथै फक्स न्यूजलाई दिएको ट्रम्पको अन्तरवार्ताको एउटा भिडियो क्लिप थियो ।
ट्रम्पले उक्त भिडियोमा बालबालिका कोभिड–१९ बाट लगभग प्र’तिरोधी भएको बताएका छन् । फेसबुकका प्रवक्ताले भने, ‘यो भिडियोमा कोभिड–१९ को विषयमा ग’लत दा’बी गरिएको छ र यो हाम्रो नीतिको उ’ल्लंघन हो। हामी कोरोनाभाइरसको संक्रमणको विषयमा गलत सू’चना फैलाउने वि’रुद्ध छौं ।’ बीबीसी