TikTok Band

यसरी लगायो अमेरिकाले चिनियाँ एप टिकटकमाथि प्रतिबन्ध

भारतपछि अमेरिकाले चिनियाँ एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको माउ कम्पनी बाइटडान्ससँग कारोबारमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा बिहीबार हस्ताक्षर गरेका हुन् ।

यो प्रतिबन्ध अबको ४५ दिनमा लागू हुनेछ । टिकटकसँगै वीच्याटमाथि पनि प्रतिबन्ध लगाइएको छ । यता, अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले टिकटकको अमेरिकीको अधिकार खरिद गर्न खोजिरहेको छ । अब डेढ महिनाभित्र माइक्रोसफ्टले यो डिल पूरा गर्नुपर्नेछ ।

ट्रम्पले चिनियाँ एप राष्ट्रिय सुरक्षा, विदेश नीति र अर्थतन्त्रको खतरा बनेको बताएका छन् । टिकटकले प्रयोगकर्ताको व्यक्तिगत जानकारी लिने गरेको र यसको मद्दतले चीनको कम्युनिस्ट पार्टीले अमेरिकाका कर्मचारीबारे जानकारी लिइरहेको उनको आरोप छ । यसबाट व्यवसायसम्बन्धी जासुसी गर्न सक्ने र व्यक्तिगत जानकारीको आधारमा ब्ल्याकमेलिङ पनि गर्न सक्ने उनले बताउँदै आएका छन् ।

ट्रम्पले गत शुक्रबार टिकटक प्रतिबन्ध गर्ने घोषणा गरेका थिए । यो हप्ता उनले माइक्रोसफ्टले टिकटक किन्ने कुरालाई समर्थन गर्ने बताएका थिए । तर, उक्त डिलबाट अमेरिकी सरकारले उल्लेखनीय हिस्सा प्राप्त गर्नुपर्ने उनको भनाइ छ । एजेन्सी

सम्बन्धित समाचार :-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ नागरिकको स्वामित्वमा रहेको लोकप्रिय भिडियो सेयर एप्लिकेसन टिकटक अमेरिकी कम्पनीलाई बिक्री गर्न छ हप्ताको समयावधि दिएका छन ।

राष्ट्रपति ट्रम्पले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने संकेत गरेलगत्तै माइक्रोसफ्ट समेतका कम्पनीहरु अहिले टिकटक खरिद गर्ने प्रक्रियामा रहेका छन् ।

ट्रम्प प्रशासनले अमेरिकी राष्ट्रिय सुरक्षाको विषय उठाउँदै टिकटक एप्स अमेरिकी कम्पनी मार्फत अमेरिकामा डाउनलोड गर्न र हेर्न पाइने व्यवस्था गर्न लागेको हो ।

राष्ट्रपति ट्रम्पले टिकटकलाई अमेरिकी कम्पनीमार्फत मात्र अमेरिकामा प्रवेश गर्न दिइने बताउँदै यस्तो कदम अमेरिकाको सुरक्षाका निम्ति चाल्नु परेको स्पष्ट गरेका छन । ट्रम्पले टिकटक खरिद गर्न माइक्रोसफ्टले वार्ता गरिरहेको बताए ।

टिकटकका अहिले विश्वभर एक अर्ब प्रयोगकर्ता रहेका छन् । खासगरी युवाबीच निकै लोकप्रिय टिकटकबाट ६० सेकेन्डका भिडियोहरु बनाएर पोस्ट गर्न सकिन्छ ।

तर अमेरिकी अधिकारीहरुले लाखौं अमेरिकीका निजी गोपनीय विवरणहरुलाई चिनियाँ गुप्तचर निकायहरुले चीन लैजाने खतरा रहेको दाबी गर्दै आइरहेका छन् ।

चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकलाई आगामी सेप्टेम्बर मध्यसम्ममा सम्झौता गरिसक्न अमेरिकी प्रशासनले म्याद दिएको छ । राष्ट्रपति ट्रम्पले भने, “मैले सेप्टेम्बर १५ सम्मको म्याद दिएको छु, त्यस समयभित्र कुनै सम्झौता नभए टिकटक संयुक्तराज्य अमेरिकामा बन्द हुन्छ ।” रासस/एएफपी

यो पनि पढ्नुहोस् :-

पोहोर साल टिकटक काण्ड बजारमा ल्याएको दियान मिडियाले यसपाली पनि निकै आशा लाग्दो गीत टिकटक कण्ड भाग २ ‘भोटे कुकुर’ सार्वजनिक गरेको छ ।

अहिलेको को’रो’नाको र खाध्यबालि मास्ने सल’हको महामा’रीको समयमा अत्यन्तै मिठो स्वर, शब्द, अभीनय र समय सान्दर्भिक टिकटक काण्ड २ को तीज बिशेष गीत “भोटे कुकुर” सम्पुर्ण नेपालीहरु माझ लोकप्रिय बन्दै छ ।

गीतको पुरै भिडियो हेर्नु यहाँ क्लिक गर्नुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्