परम्परागत तथा मौलिक लोकबाजा

परम्परागत तथा मौलिक लोकबाजासम्बन्धी पाठ्यसामग्री तयार पारीने

काठमाडौं, २३ साउन । परम्परागत तथा मौलिक लोकबाजासम्बन्धी पाठ्यसामग्री तयार पारीने भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले परम्परागत तथा मौलिक लोकबाजासम्बन्धी पाठ्यसामग्री तयार गर्ने भएको हो ।

प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईले युवापुस्तालाई परम्परागत मौलिक लोकबाजा सम्बन्धी सैद्धान्तिक, परिचयात्मक र व्यावहारिक ज्ञान दिन यही वर्षभित्र पाठ्यसामग्री तयार गरी प्रकाशन गर्ने योजना रहेको बताए ।

उनले भने, “टुङ्ना, सारङ्गी, सहनाइ, खैजँडी, मादल, च्याबु्रङ, डम्फु, ढोल, मुरली, बाँसुरी, मुर्चुङ, बिनायोजस्ता मौलिक र परम्परागत नेपाली लोकबाजासम्बन्धी सरल किसिमले सैद्धान्तिक, परिचायक र व्यावहारिक ज्ञानको आवश्यकता उक्त पाठ्यसामग्रीले पूरा गर्नेछ ।”

उनका अनुसार सो पाठ्यसामग्री विद्यालयका आधारभूत तहदेखि उच्च माध्यमिक तहसम्मका विद्यार्थीका साथै बाजाका आम प्रयोक्ताका लागि लक्षित रहेको छ । पुस्तकले नेपालमा लोकबाजाका दक्ष वाद्यवादक उत्पादन गर्न, लोकबाजाहरूको आर्केष्टा तयार पार्न र देशमा रोजगारी सिर्जना गर्नमा समेत टेवा पु¥याउने जनाइएको छ ।

यो पनि पढ्नुहोस् :-

पोहोर साल टिकटक काण्ड बजारमा ल्याएको दियान मिडियाले यसपाली पनि निकै आशा लाग्दो गीत टिकटक कण्ड भाग २ ‘भोटे कुकुर’ सार्वजनिक गरेको छ ।

अहिलेको को’रो’नाको र खाध्यबालि मास्ने सल’हको महामा’रीको समयमा अत्यन्तै मिठो स्वर, शब्द, अभीनय र समय सान्दर्भिक टिकटक काण्ड २ को तीज बिशेष गीत “भोटे कुकुर” सम्पुर्ण नेपालीहरु माझ लोकप्रिय बन्दै छ ।

गीतको पुरै भिडियो हेर्नु यहाँ क्लिक गर्नुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्