पर्सामा थपिए एकैदिन १४१ जना कोरोना संक्रमित

corona sankramit

पर्सा, २३ साउन। पर्सामा बिहीबार राति थप १४१ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको पीसीआर परीक्षणमा २१ महिला सहित १४१ जना संक्रमित थपिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले जानकारी दिएका हुन्।

उनका अनुसार १४१ जना संक्रमितहरुमध्ये सबैभन्दा धेरै जिल्ला प्रहरी कार्यालय पर्सामा रहेका प्रहरी र थुनुवा ४४ जना रहेका छन्। यस्तै तराई हस्पिटलका एक, पशु अस्पतालका एक, सेनाका पाँच, कारागारका दुई, नेशनल मेडिकल कलेजका एक जनामा पनि संक्रमण पुष्टि भएको डा.उपाध्यायले जानकारी दिए।

जसमा बारा र रौतहटका चार/चार जना रहेका छन् भने वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका रहेका छन् । त्यस्तै, पर्सागढी नगरपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको छ । यसरी संक्रमित थपिएको यो अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि उनले जनाए।

अहिले थपिएका संक्रमितसँगै पर्सामा कोरोना संक्रमितको संख्या आठ सय ९५ पुगेको छ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्