पहिरो

पहिरोमा पुरिएर आमा-छोराको मृत्यु

बैतडी, २३ साउन । बैतडीमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका–४ बलालीका ४० वर्षीया पशुपति बोहरा र उनीका १२ वर्षीय छोरा रिकेश रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।

बिहीबार राति १२ बजेतिर पहिरो खस्दा घरभित्रै सुतिरहेका आमाछोराको मृत्यु भएको उनले बताए । सोह् वर्षीया सुजिता बोहरा र १२ वर्षीया सुनिता बोहराले भने भागेर ज्यान जोगाएका छन् ।

घरमाथिबाट खसेको पहिरोले घर पूर्णरूपमा पुरेको स्थानीय महेश पन्तले जानकारी दिए । घरभित्र पुरिएका दुवै जनाको शव निकालेर परीक्षणका लागि गोकुलेश्वर अस्पताल ल्याइन लागेको प्रहरीले जनाएको छ ।

घरमाथिबाट पहिरो खस्दा गोठमा बाँधेका गाईगोरुलाई समेत चोट लागेको छ । मृतक पशुपतिका श्रीमान् रोजगारीका लागि भारतको पिथौरगढमा रहेका र लकडाउनका कारण घर आउन पाएका छैनन ।

घरमाथिबाट खसेको पहिरोले आमाछोराको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको पन्तले बताउए । सो ठाउँमा तलतिर पनि पहिरो खस्ने सम्भवना रहेकाले अरु घर पनि पहिरोको जोखिममा परेका उनले बताए ।

भित्र कमेरोयुक्त माटो भएकाले बलाली पहिरोको उच्च जोखिममा रहेको स्थानीयवासीले बताएका छन् । लगातार वर्षा भइरहेकाले पहिरोको जोखिम पनि बढ्दै गएको छ ।

जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनामा बैतडीका आठ स्थानीय तहमा पहिरोको उच्च जोखिम छ । पहिरोले वर्षेनी खेतीयोग्य जमिन र धनजनमा समेत क्षति पुप्याउँदै आएको छ ।

यो पनि पढ्नुहोस् :-

पर्सा, २३ साउन। पर्सामा बिहीबार राति थप १४१ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको पीसीआर परीक्षणमा २१ महिला सहित १४१ जना संक्रमित थपिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले जानकारी दिएका हुन्।

उनका अनुसार १४१ जना संक्रमितहरुमध्ये सबैभन्दा धेरै जिल्ला प्रहरी कार्यालय पर्सामा रहेका प्रहरी र थुनुवा ४४ जना रहेका छन्। यस्तै तराई हस्पिटलका एक, पशु अस्पतालका एक, सेनाका पाँच, कारागारका दुई, नेशनल मेडिकल कलेजका एक जनामा पनि संक्रमण पुष्टि भएको डा.उपाध्यायले जानकारी दिए।

जसमा बारा र रौतहटका चार/चार जना रहेका छन् भने वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका रहेका छन् । त्यस्तै, पर्सागढी नगरपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको छ । यसरी संक्रमित थपिएको यो अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि उनले जनाए।

अहिले थपिएका संक्रमितसँगै पर्सामा कोरोना संक्रमितको संख्या आठ सय ९५ पुगेको छ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्