काठमाडौं, २३ साउन। नेपालका विभिन्न स्थानमा सशस्त्र प्रहरी बलका ३३० जनामा कोरोना संक्रमण देखिएको छ। काठमाडौंमा मात्र ९९ प्रहरीसहित देशभर ३३० प्रहरीमा कोरोना संक्रमण देखिएको हो।
काठमाडौं उपत्यकामा नौजना र प्रहरी प्रधान कार्यालयमा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रहरी प्रवक्ता (एसएसपी) कुवेर कडायतले बताए । अरु संक्रमित उपत्यकाबाहिरका हुन् । ३३० संक्रमितमध्ये १२६ जना डिस्चार्ज भैसकेको पनि उनले बताए।
उनका अनुसार हाल प्रहरी प्रधान कार्यालयका ९०, काठमाडौं उपत्यकाका ९, प्रदेश १ का २०, प्रदेश २ का ३२,वाग्मती प्रदेशका २, गण्डकी प्रदेशका ४१, प्रदेश ५ का ९ र सुदूरपश्चिम प्रदेशका एकजना सक्रिय संक्रमितको उपचार भैरहेको छ।
सम्बन्धित खबर
काठमाडों, २० साउन । मुलुकका विभिन्न स्थानमा सशस्त्र प्रहरी बलका १३१ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये एकजना डीएसपी पनि छन् । संक्रमितमा काठमाडौंका १, बाराका १, झापाका ३३ र अन्य सबै इलामका रहेको सशस्त्र प्रहरीले जनाएको छ । जसमध्ये ६८ जना डिस्चार्ज भइसकेका छन् ।
संक्रमितको उपचारसँगै उनीहरुको सम्पर्कमा आएकाहरुको स्वास्थ्य जाँचलगायत प्रक्रिया जारी छ । संक्रमण देखिएका स्थानमा विभिन्न अन्य युनिटबाट कामकार’बाहीका लागि टोली परिचालन गरिएको छ ।