विमान दुर्घटना

विमान दुर्घटना ! हेर्दाहेर्दै दुई टुक्रा भयो, मृत्यु हुनेको संख्या बढ्दै

शुक्रबार एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । भारतको केरलाको कोझिकोड एयरपोर्ट छेउमा भएको उक्त विमान दुर्घटनामा कम्तिमा १४ जनाको मृत्यु भएको हो ।

मृतकको संख्या बढ्न सक्ने भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । दुर्घटना १२३ जनाभन्दा बढी घाइते भएको जनाइएको छ । दुवईबाट आइरहेको सो विमानमा चालक दलका सदस्यसहित थिए जसमा १ सय ७४ जना यात्रु (१० बच्चा) समेत रहेका थिए । जहाज दुई टुक्रा भएको छ ।

इयर इन्डिया एक्सप्रेस कम्पनी विमान दुर्घटनामा परेको सामाजिक सञ्जाल ट्वीटमार्फत पुष्टि गरेको हो । त्यस्तै भारतीय उड्डयन मन्त्रालयले पनि शुक्रबार साँझ ७ बजेर ४१ मिनेटमा विमान दुर्घटनामा परेको जनाएको छ ।

दुबईबाट आएको विमान जब ल्याण्ड गर्न खोज्यो विमान चिप्लिएर खाल्डोमा खसेको थियो । एअर इण्डियामा ७०७ विमान चिप्लिएर खाल्डोमा खस्दा दुई टुक्रा भएको हो ।

जोखिमपूर्ण विमानस्थलमा भारी वर्षाका कारण विमान दुर्घटना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। समाचारअनुसार कोझिकोड विमानस्थल एक टेबुलटप रन वे भएको विमानस्थल हो। यस्तो विमानस्थलमा विमान ल्याण्ड गर्दा र टेकअफ गर्दा निकै जोखिम हुने बताइएको छ।

विमान ल्यान्ड गर्ने क्रममा रनवेबाट बाहिर गएको मन्त्रालयले जनाएको हो । यो घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केरलका मुख्यमन्त्री के विजयनसँग कुरा गरेका छन्। उनले राहत तथा उद्धार कार्यमा तदारुकता देखाउन आदेश दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

आर्थिक रुपमा टाट पल्टेको एअर इण्डिया यो दुर्घटनापछि थप संकटमा परेको छ। शुक्रबार केरल राज्यमा भारी वर्षा भएका कारण आएको पहिरोमा पनि कम्तिामा दुई दर्जन मानिसको मृत्यु भएको थियो भने ६० जनाभन्दा धेरै बेपत्ता छन्। 

सम्बन्धित खबर

भारतको केरलामा पहिरोले पुरिएर कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अरु ५७ जना बेपत्ता भएका छन् । केरलाको इडुक्की जिल्लामा पर्ने राजमालामा शुक्रबार ठूलो पहिरो आएको अधिकारीहरुले जानकारी दिएका छन् ।

पहिरोले पुरेर बेपत्ता भएकाहरुको खोजी तथा उद्धारको प्रयास भइरहेको उनीहरुले बताएका छन् । कामदारको आवास भवनलाई पहिरोले क्षतीग्रस्त बताएको उनीहरुको भनाई छ । बेपत्ता भएकाहरुको खोजी तथा उद्धारका लागि ५० सदस्यीय एउटा बलियो टोली खटाइएको अधिकारीहरुले जनाएका छन् ।

उद्धारमा खटिएकाहरुले बेपत्ता भएकाहरुलाई पत्ता लगाउनका लागि पटक पटक धेरै प्रयासहरु गरिरहेको केरलाका मुख्यमन्त्री पिनारायी विजयनले जानकारी दिए । उद्धारका लागि राजमालामा राष्ट्रिय प्रकोप व्यवस्थापन फौजबाट पनि अर्को टोली गएको जनाइएको छ ।

मुख्यमन्त्रीको कार्यालयले पहिरोमा परेकाहरुलाई उद्धारका लागि हेलिकोप्टर उपलब्ध गराउन सम्पर्क समेत गरेको थियो । अत्यधिक बर्षाका कारण भारतको केरला क्षेत्रका धेरै ठाउँ प्रभावित भएको छ ।

कतिपय ठाउँमा बाढी पहिरोले मानवीय क्षति नै गराएको छ भने कतिपय ठाउँमा लाखौँको भौतिक संरचनामा क्षति पु¥याएको छ । यसैबीच चिनियाँ समाचार संस्था सिन्हवाले भने केरलामा आएको पहिरोका कारण कम्तीमा १५ जनाको मृत्यु भएको र १२ जनाको उद्धार गरिएको जनाएको छ । एजेन्सी

यो पनि पढ्नुहोस

पाकिस्तान सरकारले देशभरका सबै विमानस्थलहरूमा अन्तर्राष्ट्रिय उडान आइतबारदेखि पुनः सञ्चालन गर्ने घोषणा शुक्रबार गरेको छ । कोभिड–१९ नियनत्रणका लागि भनी बन्द सेवालाई सरकारले सञ्चालनमा ल्याउने घोषणा गरेको हो ।

पाकिस्तानले कोरोनाभाइरसको महामारीको कारण मार्च २१ मा सबै अन्तर्राष्ट्रिय उडानहरू र मार्च २ देखि घरेलु उडानहरू स्थगित गरेको थियो । नागरिक उड्डयन प्राधिकरण (सीएए) द्वारा जारी गरिएको एक सूचनामा अगस्ट ९ देखि सेवालाई पुनः सुरू गर्ने जनाइएको पाकिस्तानी समाचार संस्था ‘डन’ले जनाएको छ । सरकारले भाइरस सङ्क्रमणका घटनाहरूलाई घटाउने सम्बन्धमा धेरै प्रतिबन्धहरू हटाउने घोषणा गरेको एक दिन पछि उक्त निर्णय लिएको हो ।

उड्ययन प्राधिकरणका कर्मचारीका लागि जारी सूचनामा भनिएको छ– ‘पाकिस्तान सरकार कोभिड–१९ को रूपमा उपलब्ध सबै अन्तर्राष्ट्रिय विमानस्थलहरूबाट र सबै अन्तर्राष्ट्रिय यात्रुहरूको सेवाहरूको अनुमति दिन पाउँदा खुशी छ ।

विदेशबाट पाकिस्तानी र पाकिस्तानबाट अन्य मुलुकसँगको अन्तर्राष्ट्रिय तालिकाबद्ध उडान कार्यक्रमहरूलाई सन् २०२० को गृष्मकालीन तालिका अनुसार निरन्तरता दिने निर्णय भएको छ । यद्यपि अन्तर्राष्ट्रिय उडान सेवाहरू स्थापित मार्गनिर्देशन तथा मानकको आधारमा सञ्चालन गरिनेछन् ।’

उड्ययन प्राधिकरणका कर्मचारीका लागि जारी अर्को एक सूचनामा प्राधिकरणले सबै प्रकारका आन्तरिक उडानलाई पनि सबै विमानस्थलबाट प्रचलित नियमानुसार उडान भर्न अनुमति दिइनेछ । उड्डयन विभागले एक दिन पहिले नै आन्तरिक उडान सेवाहरू अगस्ट ६ को मध्यरातदेखि देशभर पुनःसञ्चालन गरिने घोषणा गरेको थियो । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्