accident

कार दुर्घटनामा मृत्यु हुने सवैको सनाखत

बुटवल, २४ साउन । गएराति रुपन्देही रोहिणी गाउँपालिका वार्ड नं ४ छिपागढस्थित हुलाकी सडकमा परासीवाट भैरहवातर्फ आउदै गरेको लु.२ च.६७५६ नं.को कार अनियन्त्रत दुर्घटनमा हुदाँ तीन जनाको मृत्यु भएको थियो । कार दुर्घटनामा मृत्यु हुने सवैको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाका अनुसार मृत्यु हुनेमा रुपन्देही सिद्धार्थनगर नगरपालिका वार्ड नं.४ बस्ने बर्ष २७ को देबेन्द्र चौधरी ,रुपन्देही कोटहीमाई गाउँपालिका वार्ड नं.३ मर्यादपुर बस्ने बर्ष २८ को नौसाद दर्जी र नवलपरासी रामग्राम नगरपालिका वार्ड नं.१ २ पथगावा बस्ने बर्ष १२ को प्रदिप ठाकुर रहेका छन् ।

यो पनि पढ्नुहोस् :-

गुल्मी, २४ साउन । गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ५ पुर्तिघाटका ५५ बर्षका बेदबहादुर क्षेत्रीको शव स्थानीय झिसिङ्ग्खोलामा फेला परेको छ ।

साउन २१ गते पुर्तिघाट बजारमा सामान किन्न भनी घरबाट हिँडेका क्षेत्रीको शव फेला परेको थियो । प्रहरीका अनुसार शवलाई पोष्ट मार्टमका लागि सदरमुकाम ल्याइएको छ ।

त्यस्तै, इस्मा गाउँपालिका ५ इस्मा रजस्थलको चुदरी खोलामा एउटा मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । त्यसमा सवार मदाने गाउँपालिका–२ बाझकटेरिका बिष्णु भुसाल भने सकुशल प्रहरीको सम्पर्कमा आएको प्रहरीले बताएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्