सुटकेश

एक सुटकेशभित्र शव टुक्रा पारेर फालिएको अवस्थामा फेला !

काठमाडौं, २५ साउन। काठमाडौंको गोंगबु नजिकै गणेशथानमा एक सुटकेशभित्र शव फेला परेको छ। उक्त शव टुक्रा पारेर सुटकेश भित्र बन्द गरेको फालिएको अवस्थामा फेला परेको त्यहाको स्थानिय प्रहरीले जनाएको छ ।

यस घटनाबारे बाकि अनुसन्धान भइरहेकोले थप विवरण भने आउन बाँकी नै रहेको पनि प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

नेपालका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन्। काठमाडौं महानगरपालिका-२८ बागबजारस्थित शहिद शुक्र गल्लीमा हाल एकिन नाम, वतन नखुलेका करिब ५३ बर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका हुन्।

यसैगरी रुपन्देहीको बुटवल उपमहानगरपालिका-७ हिलपार्क गुरुङ डाँडास्थित जंगलमा हालसम्म नाम, थर, वतन नखुलेका अन्दाजी ३० बर्षीय पुरुष शुक्रबार बेबारिसे अवस्थामा मृत फेला परेका छन् ।

त्यस्तै कन्चनपुरको भिमदत्त नगरपालिका-१२ ऐरीघाटस्थित महाकाली नदीको बीच भागमा पनि अन्दाजी २६ बर्षीया महिला शुक्रबारकै दिन मृत अवस्थामा फेला परेकी छिन् । उता मुस्ताङ बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ रानीपौवा बस्ने ८२ वर्षीया भुटी गुरुङ पनि आफ्नै घरको कोठामा शनिबार मृत अवस्थामा फेला परेकी छन् ।

आखिर यस्ता घटनाहरु किन घटिरहेका छन्, कारण जे पनि हुन सक्छ यी घटनाहरुको सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्