च्याम्पियन्स लिग

नापोलीलाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश

नापोलीलाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति आफ्नो घरेलु मैदानमा भएको खेलमा बार्सिलोना ३–१ गोलअन्तरले विजयी बन्दै अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।

यसअघि, पहिलो लेग १–१ को बराबरी सकिएकोमा बार्सिलोनाले खेलको १० औँ मिनेटमा नै क्लेमेन्ट लेङलेटले बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसपछि कप्तान लियोनेल मेस्सीले उत्कृष्ट गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

पहिलो हाफको इन्जुरी समयमा लुईस सुवारेजले पेनाल्टीबाट बार्साको अग्रता फराकिलो बनाए पनि लोरेन्जो इन्सिग्नेले पेनाल्टीबाट एक गोल फर्काउँदै नाटकीय पहिलो हाफ अन्त्य भयो । दोस्रो हाफमा कुनै गोल हुन नसकेपछि बार्सिलोनाले समग्रमा ४–२ को जीत हासिल गर्न सफल रह्यो । सन् २००६–०७ सिजन यता बार्सिलोना हरेक पटक प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अब बार्सिलोनाले अन्तिम आठमा जर्मन च्याम्पियन बायर्न म्युनिखको सामना गर्नेछ । बायर्नले शनिबार नै इंग्लिस क्लब चेल्सीलाई ४–१ ले हराउँदै समग्रमा ७–१ को जीत हासिल गर्दै क्वार्टरफाइनलमा स्थान बनायो ।

बायर्नको जीतमा रोबर्ट लेवान्डोस्कीले दुई तथा इभान पेरिसिच र कोरिन्टिन टोलिसोले एक–एक गोल गरे । चेल्सीका लागि ट्यामी इब्राहिमले सान्तवना गोल गरेका थिए । पहिलो लेगमा बायर्न ३–० ले विजयी बनेको थियो । चेल्सीले सन् २०१९–२० सिजनमा सबै प्रतियोगितामा ५५ खेलमा ७९ गोल खाएको छ । बीबीसी

यो पनि पढ्नुहोस् :-

इटालियन फुटबल क्लब युभेन्टसले पूर्व खेलाडी आन्द्रे पिर्लोलाई प्रशिक्षकका रुपमा नियुक्त गरेको छ । च्याम्पियन्स लिगबाट युभेन्टस बाहिरिएलगत्तै मौरिजियो सारीलाई प्रशिक्षकबाट हटाएको युभेन्टसले पिर्लोमाथि विश्वास देखाएको हो ।

क्लबले पूर्व मिडफिल्डर पिर्लोलाई २३ वर्षमुनिको टिमको प्रशिक्षकमा नियुक्त गरेको एक सातामै सिनियर टिमको पनि जिम्मावारी सुम्पिएको हो । कुनै समयको लोभलाग्दो इटालीयन फुटबलका प्रभावशाली खेलाडी पिर्लोले सन् २००६ मा इटालीलाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका निभाएका थिए ।

उनले युभेन्टसका लागि खेलाडीको रुपमा चार पटक सिरी ए, एक पटक कोपा इटालिया र दुई पटक इटालियन सुपर कपको उपाधि जितेका छन् । ४१ वर्षका पिर्लोले युभेन्टससँग दुई वर्षको सम्झौता गरेका छन् । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्