प्रवक्ता विश्वप्रकाश शर्मा

अयोध्यापुरीमा राम मन्दिर बनाउन प्रधानमन्त्रीले दिएको निर्देशनप्रति नेपाली कांग्रेसको आपत्ति

काठमाडौं, २५ साउन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चितवनको माडीमा पर्ने अयोध्यापुरीमा राम मन्दिर बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशनप्रति आपत्ति जनाएका छन् ।

माडी नगरपालिकाका जनप्रतिनिधिलाई बालुवाटार बेलाएर यस्तो निर्देशन दिएपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार भक्त चेपाङको घर जलाएर भगवान् रामको मन्दिर बनाउने भन्दै प्रश्न गरेका छन् ।

उनले आइतबार बिहान ट्‍विट गरेर चितवनको अयोध्यापुरीमा राम मन्दिर बनाउन प्रधानमन्त्री ओलीले माडी नगरपालिकाका जनप्रतिनिधिलाई दिएको निर्देशनप्रति आपत्ति जनाएका हुन् ।

शर्माले आफ्नो ट्विटमा ‘भक्त चेपाङको घर जलाएर भगवान् रामको मन्दिर बनाउने ? द्वन्द्वात्मक भौतिकवादको यो कस्तो आध्यात्मिक अवतार ?

कम्युनिस्ट प्रधानमन्त्री ओलीमाथि उनले कार्ल मार्क्सको आत्मालाई शान्ति मिल्ला भन्दै झटारो समेत हानेका छन् । ‘यस्तो कर्मले प्रसन्न हुनुहोला भगवान् राम कि घर जलेका भक्तले क्षमा देलान् ?,

शर्माको प्रश्न छ, कार्ल मार्क्सको आत्मालाई शान्ति मिल्ला कि मिशन लिम्पियाधुरालाई बल पुग्ला ?

प्रधानमन्त्री ओलीले रामको जन्मस्थान माडीको अयोध्यापुरी नै रहेको दाबी गर्दै मन्दिर बनाउन स्थानीय जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले अयोध्यापुरीमा राम, लक्ष्मण, सीता र हनुमानको मूर्तिसमेत राखी आगामी रामनवमी भव्यताका साथ मनाउने समेत बताएका थिए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

One thought on “अयोध्यापुरीमा राम मन्दिर बनाउन प्रधानमन्त्रीले दिएको निर्देशनप्रति नेपाली कांग्रेसको आपत्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्