पहिरो

पहिरोमा परी एक जनाको मृत्यु

काठमाडौं, २५ साउन । गौमूल गाउँपालिका –५ ग्वानीमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा गौमूल–४ का भीके कामीका छोरा १० वर्षीय अनिश रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टङ्क भट्टराईले जानकारी दिए ।

शनिबार राति ग्वानी लेकमा सुतिरहेका बेला माथिबाट पहिरो आउँदा भीके भाग्न सफल भएको र छोरा भाग्न नसकेका कारण च्यापिएर मृत्यु भएको स्थानीयवासी गणेश रोकायाले बताए । पहिरामा परी चार बाख्रा मरेको र अन्य पशुचौपाया घाइते भएका छन् । अहिले थप उद्धारका लागि गौमूल गाउँपालिका घटमुनास्थित प्रहरीचौकीबाट घटनास्थलमा टोली गइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

केही दिनदेखि परेको अविरल वर्षाका कारण विभिन्न स्थानीय तहका सयौँ बस्ती पहिराको उच्च जोखिममा तथा सडक, बिजुली, टेलिफोनलगायत सेवा अवरुद्ध छन् । रासस

यो पनि पढ्नुहोस् :-

पोखरा, २५ साउन । कास्कीको पोखरा महानगरपालिका-१९ का १ पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुषको गएराति ११ः३५ मा मृत्यु भएको हो ।

प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले दिएको जानकारी अनुसार उनलाई यही साउन १७ गते अस्पताल भर्ना गरिएको थियो । आई’सीयूमा राखेर उनको उपचार हुँदै आएको थियो । उनी डा’यबि’टिजबाट समेत पी’डित थिए ।

पोखरा स्वा’स्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु भएको यो तेस्रो घ’टना हो । नेपाल भर कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ७४ पुगेको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्