प्रचण्ड

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइसोलेसनमा भर्ना

काठमाडौँ, २५ साउन। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइसोलेसनमा बसेका छन् ।

कोरोना कहरका बिचमा कहिले काठमाडौँका विभिन्न कार्यक्रम त कहिले चितवन पुगीरहेका अध्यक्ष प्रचण्डको निवासको बाहिरी घेरामा खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमणको पुष्टि भएपछि उनी आइसोलेसनमा बसेका हुन् ।

प्रचण्ड ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा आइसोलेसनमा बसेको स्रोतले जनाएको छ । पछिल्लो समय कोरोनाले नेपालमा र मुख्यत काठमाडौँ  उपत्यका लगायतका शहरमा महामारीकै रुप लिँदै समुदाय स्तरमा नै फैलिन थालेको छ ।

विज्ञले सर्तक रहन आग्रह गरेका छन्। तर पनि नेताहरु अटेरी गर्दै भिडभाड र सार्वजनिक कार्यक्रममा दिनहुँ हिँड्न थालेका बेला प्रचण्ड आइसोलेसनमा बसेका हुन् ।

यो पनि पढ्नुहोस
अयोध्यापुरीमा राम मन्दिर बनाउन प्रधानमन्त्रीले दिएको निर्देशनप्रति नेपाली कांग्रेसको आपत्ति

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चितवनको माडीमा पर्ने अयोध्यापुरीमा राम मन्दिर बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशनप्रति आपत्ति जनाएका छन् ।

माडी नगरपालिकाका जनप्रतिनिधिलाई बालुवाटार बेलाएर यस्तो निर्देशन दिएपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार भक्त चेपाङको घर जलाएर भगवान् रामको मन्दिर बनाउने भन्दै प्रश्न गरेका छन् ।

उनले आइतबार बिहान ट्‍विट गरेर चितवनको अयोध्यापुरीमा राम मन्दिर बनाउन प्रधानमन्त्री ओलीले माडी नगरपालिकाका जनप्रतिनिधिलाई दिएको निर्देशनप्रति आपत्ति जनाएका हुन् ।

शर्माले आफ्नो ट्विटमा ‘भक्त चेपाङको घर जलाएर भगवान् रामको मन्दिर बनाउने ? द्वन्द्वात्मक भौतिकवादको यो कस्तो आध्यात्मिक अवतार ?

कम्युनिस्ट प्रधानमन्त्री ओलीमाथि उनले कार्ल मार्क्सको आत्मालाई शान्ति मिल्ला भन्दै झटारो समेत हानेका छन् । ‘यस्तो कर्मले प्रसन्न हुनुहोला भगवान् राम कि घर जलेका भक्तले क्षमा देलान् ?,

शर्माको प्रश्न छ, कार्ल मार्क्सको आत्मालाई शान्ति मिल्ला कि मिशन लिम्पियाधुरालाई बल पुग्ला ?

प्रधानमन्त्री ओलीले रामको जन्मस्थान माडीको अयोध्यापुरी नै रहेको दाबी गर्दै मन्दिर बनाउन स्थानीय जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले अयोध्यापुरीमा राम, लक्ष्मण, सीता र हनुमानको मूर्तिसमेत राखी आगामी रामनवमी भव्यताका साथ मनाउने समेत बताएका थिए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्