हवाई

अन्तत यसरी लम्बाइयो हवाई उडानको म्याद

काठमाडौं, २६ साउन। पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशका बिभिन्न स्थानमा कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । कोरोनाभाइरसको संक्रमण दिनानुदिन बढ्दै गएपछि भदौ १ गतेदेखि खोल्ने भनिएको हवाई सेवा अब नखुल्ने भएको छ ।

कोभिड-१९ क्राईसिस् म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को आइतबार बसेको बैठकले पूर्व निर्धारित मितिबाट सो निर्णय १५ दिन पर सार्न सरकारलाई सिफारिस गरेसँगै हवाई उडान नहुने भएको हो ।

भदौ १ गतेदेखि अन्तर जिल्ला यातायात र आन्तरिक हवाई उडान सञ्चालन गर्ने भनिएको थियो तर आइतबार बसेको सीसीएमसीको बैठकले कोरोनाको जोखिम बढ्दै गएको भन्दै अन्तर जिल्ला यातायात र हवाई सेवा खोल्ने निर्णय स्थगित गर्न सिफारिस गरेको छ ।

त्यस्तै, बैठकले हावाइ तथा सवारीसँगै खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता कार्य भदौ १५ सम्म स्थगित गर्न सरकारलाई सिफारिस गरेको छ ।

अन्तर जिल्ला यातायात र हवाई सेवा नखोल्न सीसीएमसीको उक्त प्रस्ताब सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने बताइएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्