मौसम

यस्तो छ आजको देशभरको मौसम विवरण सतर्क रहन आग्रह

काठमाडौं, २६ साउन। मौसमको विवरण सार्वजनिक गर्दै आज जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आम देशवासीलाई आग्रह गरेको छ। पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ । त्यसैगरी राती पनि देशका अधिकांश भू–भागहरुमा सामान्य वदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती प्रदेश, प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा पनि एक/दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा पूर्वानुमान महाशाखाले जनाएको छ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्