मृत्यु

थप एक कोरोना संक्रमितको मृत्यु

बिरगंज, २६ साउन। वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा बिरगंजकी ४५ वर्षीया महिला रहेकी छन्। वीरगञ्जस्थित महानगरपालिका–१५ भेडियाही कि ४५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको छ।

उक्त महिलाको मृत्यु पश्चात नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा कोरोना रिपोर्ट पोजेटिभ देखिएको बताइएको हो। यसबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौंले भने जानकारी दिन बाँकी रहेको छ ।

यो पनि पढ्नुहोस

विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या २ करोड नाघेको छ। वल्र्डोमिटरको तथ्याङ्क अनुसार हाल विश्वभरका २ करोड २२ हजार २ सय बढी मानिसहरु कोरोनाबाट संक्रमित भएका छन्।

विश्वभरका २ सय १५ देशमा फैलिएको कोरोनाका सबै भन्दा बढी संक्रमितहरु अमेरिकामा रहेका छन्। अमेरिकामा आधा करोड बढीमा संक्रमण देखिएको छ। तथ्याङ्कका अनुसार ५१ लाख ९९ हजार ४ सय बढी संक्रमितहरु अमेरिकामा देखिएका छन्। ३३ करोड १२ लाख २० हजार बढी जनसंख्या भएको अमेरिकामा ५१ लाख ९९ हजारमा संक्रमण देखिएको हो। अमेरिकाले हालसम्म ६ करोड ५४ लाख ३३ हजार २ सय बढीको पिसीआर परीक्षण गरेको तथ्याङ्कमा उल्लेख गरेको छ।

यस्तै, संक्रमित धेरै हुने देशहरुमा अमेरिका पछि ब्राजिल रहेको छ। ब्राजिलमा ३लाख ३५ हजार बढी संक्रमित रहेका छन्। १ करोड ३२ लाख ३१ हजार ५ सय बढीमा गरीएको पीसीआर परीक्षणबाट ३ लाख ३५ हजार बढीमा संक्रमण देखिएको हो।

भारत संक्रमित हुने देशहरुको लिस्टमा तेस्रो नम्बरमा पर्दछ । भारतमा हालसम्म २ करोड ४१ लाख ६ हजार ५ सय बढीमा पीसीआर परीक्षण गरिएकोमा २२ लाख १४ हजार १ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। भारतको जनसंख्या १ अर्ब ३८ करोड १५ लाख ३२ हजार २ सय बढी रहेको छ।

यस्तै, कोरोनाबाट मृत्यु हुनेमा पनि सबै भन्दा बढी अमेरिकामा रहेका छन्। तथ्याङ्क अनुसार अमेरिकामा हालसम्म १ लाख ६५ हजार ६ सय बढीले कोरोनाका कारण ज्यान गुमाइ सकेका छन्। यस्तै कोरोनाका कारण ज्यान गुमाउनेमा अमेरिकापछि ब्राजिल रहेको छन्। ब्राजिलमा हालसम्म १ लाख १ हजार १ सय बढीको कोरोनाका कारण मृत्यु भएको छ।

कोरोनाका संक्रमित कम भए पनि मृत्यु हुनेको संख्याका आधारमा विश्वको तेस्रो नम्बरमा मेक्सीको रहेको छ। मेक्सीकोमा १० लाख ९१ हजार बढीमा गरिएको पीसीआर परीक्षणबाट ४ लाख ८० हजार २ सय संक्रमित भेटिएका छन् भने ५२ हजार २ सयबढीले ज्यान गुमाई सकेका छन्। यसैगरी, यूकेमा ३ लाख १० हजार ८ सय बढी कोरोनाका संक्रमित भएपनि ४६ हजार ५ सय बढीले ज्यान गुमाइ सकेको वल्र्डोमिटरले देखाएको छ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्