सुटकेश

आखिर सुटकेशमा भेटिएको शव कसको, अझै पहिचान हुन सकेन

काठमाडौं, २६ साउन । काठमाडौंको गोंगबुमा सुटकेसमा हालेर टु’क्राटु’क्रा गरी फालिएको अवस्थामा भेटिएको शवको पहिचान हुन सकेको छैन । करिब ४०–४५ उमेर समूहका पुरुषको सो शव पहिचान हुन सकेको छैन ।

मृत श’रीरको मुख्य भाग एउटा सुटकेशमा थियो । प्रहरीको तालिमप्राप्त कुकुरले श’रीर प्याक गरिएको सुटकेशभन्दा करिब २ सय मिटरको दुरीमा दुई खुट्टा र टाउको जेब्रा झोलामा फेला पारेका थिए ।

क्रु’र तरिकाले ह’त्या गरिएका पुरुषको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । ह’त्या गरिएका ब्यक्तिको अनुहार प्रष्टै भएतापनि सनाखत भएको छैन ।

आइतबार बिहान करिब ३ बजेतिर दुई अज्ञात व्यक्ति सोही स्थानमा देखा परेको यद्यपी, शव फालिएको भनेपछि मात्रै थाहा भएको प्रत्यक्षदर्शीले बताएका छन् । स्थानीयका अनुसार पार्किङ गरेर राखिएको एक ट्याक्सी र मारुती भ्यानको बीचमा रातो प्लाष्टिकले बेरेर सुटकेस राखिएको थियो ।

पछि सुटेकेसभित्र घुँडादेखि माथि र घाँटीदेखि तलसम्मको भाग मात्र फेला परेको थियो । खुट्टा र टाउको खोज्न प्रहरीले कुकुर पनि परिचालन गरेको थियो । टाउको र खुट्टा अलग भएपनि शवको अनुहार भने प्रष्ट देखिन्छ । ती ब्यक्तिलाई अन्त कतै ह’त्या गरेर फालेको हुनसक्ने अनुमान गरिएको छ ।

महानगरीय परिसर काठमाडौं, अ’पराध अनुसन्धान महाशाखा र स्थानीय प्रहरीको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीले घटनाबारे छानविन गरिरहेको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्