बुद्धको जन्मभूमि नेपाल

भारतले स्विकारी छाड्यो: बुद्धको जन्मभूमि नेपाल नै हो

बुद्धको जन्मभूमि नेपाल

काठमाडौँ, २६ साउन। बुद्धको जन्मभूमि नेपाल हो भन्ने बिषयमा भारतका विभिन्न स्तरका व्यक्तिहरुले पटक पटक विवादित बिषय बनाउदै आएका बेला भारतको विदेश मन्त्रालयले भने बुद्ध नेपालमै जन्मेको स्पष्ट पारेको छन्।

शनिबार सोहि विदेश मन्त्रालयका विदेशमन्त्री डा. एस जयशंकरले बुद्धलाई महान् भारतीय भनेपछि उक्त अभिव्यक्तिको नेपालमा चर्काे विरोध भएको थियो ।

सोहि बिषयलाई लिएर नेपालको परराष्ट्र मन्त्रालयले बुद्ध नेपालमा जन्मिएको र यसमा कुनै दुइ मत नभएको भनेको थियो । मन्त्रालयले पुरातात्विक र ऐतिहासिक तथ्यले नै बुद्धको जन्मभूमि नेपाल भएको जनाएको थियो ।

शनिबार साँझ भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवाले बुद्ध नेपालको लुम्बिनीमा जन्मेकोमा कुनै शंका नभएको बताएका हुन् । उनले यस विषयमा थप स्पष्ट पार्दै विदेशमन्त्री जयशंकरले बौद्ध धर्मका सम्पदा नेपाल र भारत दुबै देशको साझा भएको बताउन खोजेको उल्लेख गरेका छन् । सिद्धार्थ गौतम बुद्ध को बिषयमा थप जानकारी

बुद्धको जन्मभूमि नेपाल

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्