होम गुरुङ

एक पछी अर्को उत्कृष्ट गीत दिदै निर्देशक होम गुरुङ

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ । तीजका गीत संगीतहरु पनि बजारमा आईरहेका छन् । कोभिड १९ (कोरोना भाईरस) को संक्रमण जोखिमका कारण यो वर्ष धेरै तीजका गीतहरु बजारमा आउने अपेक्षा गरिएको थिएन तर पनि अनुमान गरिए भन्दा धेरै गीतहरु बजारमा आएका छन् ।

कुनै एक जमाना थियो रेडियोमा गीत सुन्ने र रमाउने तर अहिले समयसंगै परिस्थिती बद्लिएको छ । अहिलेको समय गीत भनेको भिडियो हो । भिडियो विनाको गीत संगीतको कल्पना अहिलेको पुस्ताले गर्दैन । पहिले पहिले गीतको अडियो बजारमा आएपछि सार्वजनिक गरिन्थ्यो भने अहिले भिडियो निर्माण नै महत्वपूर्ण बनेको छ । लाखौं खर्च गरेर भिडियो निर्माण गर्ने प्रचलन अहिले बजारमा छ ।

म्यूजिक भिडियोको दुनियामा थुप्रै निर्देशकहरु छन् । राम्रो गीत बनाउनको लागी राजधानी नै धाउनुपर्छ भन्ने मानसिकता पछिल्लो समय हराउँदै गएको छ । राजधानी बाहिर पनि राम्रा निर्देशकहरु छन् र राम्रा भिडियोहरु बन्छन् बन्ने उदाहरण पछिल्लो समयमा पोखराले देखाएको छ ।

तीजमा उत्कृष्ट भनिएका र मौलिकता बोकेका बाटैमा भाईरस, सलह किरा, खरी झर्योकी.. बर्खे झरी, तिर्खा लाग्यो हर..हर लगायतका थुप्रै गीतहरुको म्यूजिक भिडियो पोखरामा निर्माण भए । चर्चित गायीका प्रिती आले समेत पोखरामा आएर म्यूजिक भिडियो बनाईन् । शिब हमालको साईला दाई पनि पोखरामा बन्यो ।

यसरी हेर्दा पोखरामा पनि राम्रा भिडियोहरु बन्छन् भन्ने प्रशस्त आधारहरु छन् । त्यही अनुभवका क्यामरा म्यान, सम्पादक र निर्देशकहरु पनि छन् । पछिल्लो समय धेरै तीजका गीतहरुको निर्देशन तथा कोरीयोग्राफी गरिसकेका होम गुरुङ अहिले ब्यस्त निर्देशकको रुपमा चिनिन्छन् । यसका साथै उनि कोरियोग्राफीमा समेत उत्तिकै अब्बल मानिन्छन् ।

गुरुङ आफैले निर्देशन र कोरियोग्राफी गरेका पिरतीको चर्चा.. रेशमले सारी.. तिर्खा लाग्यो हर.हर., ज्योतीषी बा. ‘पातली २, बाला जोवान’ लगायतका दर्जन गीतहरु बजारमा छन् । एक दशक भन्दा बढिदेखी पोखरालाई कर्मथलो बनाई गीतसंगीत तथा नृत्य प्रशिक्षकको रुपमा काम गर्दै आएका गुरुङको आफ्नै नृत्य प्रशिक्षण केन्द्र समेत छ ।

पोखरामा पनि राम्रो कोरियोग्राफी गर्न सकिने र राजधानीको जस्तो गुणस्तर सर्वसुलभ लगानीमा दिन सकिने गुरुङको धारणा छ । गुरुङ भन्छन्–‘सबैकुरा राजधानीमै हुन्छन् भन्ने मानसिकता हटाउन जरुरी छ. । लगानीमा त धेरथोर फरक त पर्छ नै गुणस्तरमा भने केही फरक पर्दैन । तर, पोखरामा कुशल मोडलहरुको कमि छ, कुनै पनि गितका लागि उपयुक्त पात्रको खोजि हाम्रा लागि चुनौती पुर्ण नै छ ।’ यद्यपि निर्देशक गुरुङ्ले आफुपनि संगितको विद्यार्थी भएको बताएका छन् ।

मोफसलमा राम्रो हुदैन भन्ने मानसिकताबाट बाहिर निस्कन र एकपटक काम दिएर हेर्न समेत संगीतमा लगानी गर्ने र अग्रजहरुलाई उनले आग्रह गरे । अहिलेको वर्षमा जति गीतहरु पोखरामा उत्कृष्ट बने ती गीतहरु हेरेर प्रतिक्रिया दिन र आउदा दिनमा सहकार्य गर्न समेत उनले सबैलाई अनुरोध गरेका छन् ।

निर्देशक गुरुङ पछिल्लो समय स्वाभाविक रुपमा गितसंगितको गुणस्तर खस्केको प्रति चिन्तित छन् । यस्तो कसरी भयो ? भन्ने प्रश्नमा उनि भन्छन्, ‘नयाँपिढीका कलाकारहरुमा आफ्नो कलाकारिता भन्दा पनि लगानीलाई महत्व दिने प्रवृति हावि भएका कारण यसको असर गितसंगितको गुणस्तरमा परेको छ । र, उनिहरु नयाँ कुरा सिकेर आन्तरिक क्षमताले प्रवेश गर्न सके भने संगितको क्षेत्रमा अलि टिक्ने निश्चित छ ।’

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्