गोंगबु हत्या

गोंगबु ह’त्या : बला’त्कार प्रयास गरेपछि घुँडाले संवे’दनशील अं’गमा हि’र्काउँदा ढ’लेको दावी

काठमाडौं, २७ साउन । काठमाडौंको गोंगबुमा आइतवार भएको वि’भत्स ह’त्यामा संलग्न रहेको आ’रोप लागेकी महिलालाई प्रहरीले चितवनबाट काठमाडौं ल्याएर अनु’सन्धान थालिएको छ । प्रहरी स्रोतका अनुसार दाङका कृष्ण बहादुर बोहोराको ह’त्या आ’रोपमा कल्पना शाही नाम गरेकी महिला र उनकी छोरीलाई मंगलबार बिहान तीन बजे काठमाडौं ल्याइएको हो ।

दुबै जनालाई प्रहरीले सोमबार चितवनको टाँडी, माधवपुरबाट पक्राउ गरेको थियो । उनीहरुलाई मंगलबार बिहान प्रहरीले गोंगबुस्थित ह’त्या गरिएको घरमै लगेर बयान लिएको छ । प्रारम्भिक बयानका क्रममा ती महिलाले ह’त्या गरेको स्विकारेको बताइएको छ । गोंगबुको गणेशस्थान नजिकै आइतबार बिहान टा’उको र श’रीर अ’लग गरेर सुटकेसमा फा’लिएको अवस्थामा शव भेटिएको थियो ।

सोमबार अपरान्ह मात्रै मृतकको प’हिचान खुलेको थियो । सुटकेस भेटिएको स्थानभन्दा करिब सय मिटरको दूरीमा रहेको एक घरको तेस्रो तलामा बोहराको ह’त्या भएको प्रहरीको दा’बी छ । आफूलाई कल्पना शाही बताउने ह’त्या आ’रोपीको वास्तविक नाम कल्पना मुडवरी भएको खुलेको छ । कृष्णबहादुरसँग उनले सामाजिक सञ्जाल फेसबुकमा कमला पौडेलको नामबाट कुरा गर्थिन् ।

कल्पनाले शनिवार राती आफ्नो फ्ल्याटमा आएका कृष्णबहादुर बोहरालाई आफैले मा’रेको बताएकी छिन् । प्रहरीसँग उनले ह’त्या गर्न कसैको सहयोग नलिएको दा’वी गरेकी छिन् ।कृष्णबहादुरलाई स्लिपिङ ट्याब्लेट खु’वाएको र बला’त्कार प्रयास गरेपछि घुँडाले संवे’दनशील अं’गमा हि’र्काउँदा ढ’लेको कल्पनाको दा’वी छ । उनले दा’वी गरेपनि प्रहरीको अनु’सन्धानबाट सो तथ्य पुष्टि हुन बाँकी छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्