death

घर भत्कंदा एकै परिवारका चार जनाको मृत्यु

डोटी, २७ साउन । डोटीको आदर्श गाँउपालिका– १ खलगडामा घर भत्कंदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । स्थानीय लोगे विकको घर भत्कँदा उनकी श्रीमती विष्णा विक, १२ वर्षीय छोरा पारस विक, आठ वर्षीया छोरी सिर्जना विक र चार वर्षीया छोरी जेनिसा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

गए राती करिब एक बजे भएको घटनामा परी उनकी आमा ताना लुहार र छोरी घाइते भएका छन् । यस्तै भेटघाट गर्न आएका लोगेकी सासु आमा र साला पनि घाइते भएका छन् ।

स्थानीय स्वास्थ्य केन्द्रमा उपचारपछि घाइतेहरुलाई थप उपचारका लागी साविकको जिल्ला सदरमुकाम ल्याइएको स्थानीय गोविन्द पार्कीले बताउनु भएको छ । प्रहरी घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक इन्द्र वहादुर मल्लले बताउनु भएको छ ।

यो पनि पढ्नुहोस् :-
धनुषा, २७ साउन । कोरोना संक्रमणका करण जनकपुरधाममा थप एक जना मृत्यु भएको छ । जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको कोभिड–१९ संयोजक डा. जामुन सिंहले जानकारी दिए ।

डा. सिंहका अनुसार उनी क्षयरोग र निमोनियाबाट पनि पीडित रहेका थिए । मृतकको ट्राभल हिस्ट्री भने खुल्न बाँकी छ । उनको शव व्यवस्थापनको तयारी भइरहेको छ । यससँगै धनुषा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । नेपालभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ८० पुगेको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्