आरडिटी

सप्तरी र सुनसरी गरी थप दुई जना संक्रमितको मृत्‍यु

सुनसरी, २८ साउन । गएराती डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ घर भई राजविराज वडा नंबर ६ बस्दै आएका ७५ वर्षीय बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार चार दिनदेखि ज्वरो आएपछि कोरोना परीक्षण गर्दा उनको रिर्पोट पोजेटिभ आएको थियो । संक्रमण पुष्टि भैसकेपछि शाही कृष्ण अस्पतालको आईसुलेसनमा लैजाने क्रममा उनको एम्बुलेन्समै मृत्यु भएको हो ।

मृतकलाई यसअघि मुटु सम्बन्धी रोग सहित थाईराड, सुगर र उच्च रक्तचाँपका रोगी थिए ।

त्यस्तै यता, सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा बुधबार कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बुधबार मोरङको बुढिगंगाा गाउँपालिका २ का ५५ बर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस् :-

बुटवल, २८ साउन । कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत २ जनाको मृत्यु भएको छ । कोरोना लक्षण देखिएर अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका २५ र ४२ वर्षीय पुरुषको गएराति मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल स्रोतले जनाएको छ ।

कोरोना भाइरसको लक्षण देखिएर यही साउन २५ गते भर्ना भएका कपिलवस्तुका ४२ वर्षिय पुरुषमा २५ गते नै पिसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएको थियो भने अर्का २५ वर्षीय पुरुषको पीसीआर रिपोर्ट आउन बाँकी नै छ । दुवैजनालाई भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो ।

कपिलवस्तुका २५ वर्षीय युवालाई त्यहाँको अस्पतालले रिफर गरेर राति १२ बजे ल्याइएको थियो भने उपचारका क्रममा राती २ बजे मृत्यु भएको वताइएको छ ।

त्यस्तै यता, ललितपुरस्थित पाटन अस्पतालमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । प्राप्त जानकारी मृतक ती महिलामा मेनेन्जाइटिसको समस्या देखिएपछि यही साउन १८ गते अस्पतालमा भर्ना गरिएको उक्त अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा. बिष्णुप्रसाद शर्माले दिएको जानकारी अनुसार जनकपुरकी ३८ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको हो । उनलाई आइसीयूमा राखेरउपचार हुँदै आएकोमा गए राति १ बजे मृत्यु भएको डा. शर्माको भनाइ छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्