death

पुन एक ३८ बर्षीय महिलाको कोरोना संक्रमणका कारण मृत्यु

काठमाडौँ, २८ साउन। कोरोनाको कहर दिनप्रतिदिन बढ्दो देखिन्छ। यसैबीच ललितपुरस्थित पाटन अस्पतालमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। अस्पतालका निर्देशक डा. बिष्णुप्रसाद शर्माले दिएको जानकारी अनुसार उनी जनकपुरकी ३८ वर्षिया महिला हुन्।

उक्त महिलामा मेनेन्जाइटिसको समस्या देखिएपछि यही साउन १८ गते अस्पतालमा भर्ना गरिएको अस्पतालले जनाएको छ । उनलाई आइसीयूमा राखेरउपचार हुँदै आएकोमा गए राति १ बजे मृत्यु भएको डा. शर्माको भनाइ छ ।

यो पनि पढ्नुहोस

गएराती डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ घर भई राजविराज वडा नंबर ६ बस्दै आएका ७५ वर्षीय बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार चार दिनदेखि ज्वरो आएपछि कोरोना परीक्षण गर्दा उनको रिर्पोट पोजेटिभ आएको थियो । संक्रमण पुष्टि भैसकेपछि शाही कृष्ण अस्पतालको आईसुलेसनमा लैजाने क्रममा उनको एम्बुलेन्समै मृत्यु भएको हो ।

मृतकलाई यसअघि मुटु सम्बन्धी रोग सहित थाईराड, सुगर र उच्च रक्तचाँपका रोगी थिए ।

त्यस्तै यता, सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा बुधबार कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बुधबार मोरङको बुढिगंगाा गाउँपालिका २ का ५५ बर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्