accident

भारतबाट यात्रु बोकेर आएको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

डोटी, २८ साउन । डोटीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । भारतबाट यात्रु बोकेर आएको ना ६ ख २५२९ नम्बरको बस डोटीको पूर्वीचौकीमा दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । भारतबाट आएका नेपालीलाई गौरीफेन्टा नाकाबाट अछाम लाने क्रममा डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलटमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

बुधबार बिहान करिब ६ बजेतिर दुर्घटना भएको गाडीबाट घाइते भएका केहीको उद्धार गरी डोटी अस्पताल लगिएको र केहीको उद्धार गर्ने काम भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको अहिले उद्धार गरिरहेको प्रहरीले जनाएको छ । मृतकहरुको पहिचान खुल्न सकेको छैन् ।

यो पनि पढ्नुहोस् :-

पाल्पा, २८ साउन । पाल्पाको निस्दी गाउँपालिकामा मंगलबार राती जिप दुर्घटना हुँदा तीन महिनाको बच्चासहित २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

निस्दीको ज्यामिरेबाट गल्धातर्फ जाँदै गरेको लु १ ज २८८७ नम्बरको जिप गल्धाको पटकसर नजिकै दुर्घटना हुँदा गल्धा गावुडाँडाका ६३ वर्षीय ठकुरप्रसाद फाल र सोही गाउँपालिका ४ मित्याल काफलका ३ महिने बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी घाइते हुनेहरुमा निस्दी ५ गल्धा, पटकसरका ३८ वर्षीया सुमित्रा सारु, ३६ वर्षीया सेरमती सारु, २० वर्षीया लक्ष्मी सारु र ३७ वर्षीया तिलकुमारी सारु, मित्यालकी २५ वर्षीया सिर्जना गाहा र मित्याल काफलका २२ वर्षीया विष्णुमाया सारु रहेका छन ।

उनीहरुको पाल्पाको प्रभासमा उपचार भईरहेको छ । जिप बाटो भास्सिएर सडकबाट करिब ७ सय मिटर तल खसेको थियो । दुर्घटनापछि चालकलाई नियन्त्रणमा लिएर थप अुनसन्धन गरीरहेको प्रहरीले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्