मृत्यु

छोरी मृत फेला, आमा सम्पर्क बिहिन

बाजुरा, २८ साउन । बाजुराको त्रिवेणी नगरपालिका वडा नं ८ कालापानीस्थित बूढीगङ्गा नदीका छेउमा एक मृतक बालिका भेटिएकी छन् । प्रहरीका अनुसार बालिका त्रिवेणी –८ पन्ताली घर भएका खडक लुहारकी सात महिने छोरी रितु रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले बताए ।

बालिकाका बाबुका अनुसार मङ्गलबार बिहान आमाछोरी घरबाट निस्केको र बालिकाकी आमा पनि सम्पर्कमा छैनन् । यसबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । रासस

यो पनि पढ्नुहोस् :-

काठमाडौं, २८ साउन । महिनावारी भएपछि आफन्तले घरभित्र बस्न दिएनन् । देउता रिसाउने र अनर्थ हुने भन्दै उनलाई घरदेखि टाढा रहेको गोठमा राखियो ।

दैलेखको चामुण्डाविन्द्रासैनीस्थित लैनचौरकी १९ वर्षिया तुलसी शाहीको त्यही छाउगोठमै ज्यान गयो । छाउगोठमा सुतेकी उनलाई सर्पले टोकेको थियो । यो २०७४ असार महिनाको घटना हो । आफन्त र परिवारको दबावमा गोठमा सुत्न बाध्य पारिएकी तुलसीको छाउगोठमा सुतेकै कारण ज्यान गुम्यो ।

सोही वर्ष स्थानीय २४ वर्षिया लालसरा विकको पनि छाउगोठमै मृत्यु भयो । उनी पनि महिनावारी भएपछि घरदेखि टाढा रहेको छाउगोठमा सुतेकी थिइन् । आफन्त र परिवारको दबावमा छाउगोठमा सुतेकी उनले पनि आफ्ना ज्यान जोगाउन सकिनन् ।

अनर्थ हुने र देउता रिसाउँछन् भन्ने अन्धविश्वासका कारण महिनावारीको समयमा घरभित्र बस्न नदिदा उनको प्राण गुम्यो । असुरक्षित छाउगोठमा किशोरी र महिलाको ज्यान जाँदासमेत जिल्लामा छाउगोठमा बस्ने र बसाल्नेक्रम रोकिएको छैन । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा ललितबहादुर बुढा र हिक्मतबहादुर नेपालीले लेखेका छन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्