death

आफ्नै छोरा डाक्टर हुँदा पनि पूर्व मेयरलाई कोरोनाले लागि छाड्यो !

काठमाडौँ , २८ साउन। जनकपुरका पूर्व मेयर कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पुराना व्यवसायी समेत रहेका गिरीको उपचारको क्रममा काठमाडौंको एक अस्पतालमा मृत्यु भएको हो । उनको छोरा डा. सन्तोष गिरीले उपचारका क्रममा मंगलबार गएराति १२ बजेतिर मृत्यु भएको जानकारी दिए ।

उनले जनकपुरमा रामा होटल समेत संचालन गर्दै आएका थिए। २० दिन देखि उपचारका लागि अस्पतालमा भर्ना रहेका ७२ वर्षीय कृष्ण गिरीको मुटु रोगका साथै अन्य रोगबाट समेत ग्रसित थिए । उनको स्वाब परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

मेडिसिटी अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा थप समस्या देखिएपछि केही दिनअघि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । जनकपुरमा रहँदा रोगले च्यापेपछि हेलिकप्टर चार्टर गरेर उनलाई काठमाण्डौं ल्याइएको थियो ।

जनकपुरधामस्थित उनका सहयोगीहरुका अनुसार २०४२ सालमा जनकपुरको मेयर समेत बनेका गिरीको श्रीमती र दुई छोराहरु चिकित्सक छन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्