अ'पराध

दाँया हात नै नभएका अ’शक्तले ज्या’न मा’र्ने जस्तो अ’पराधिक घट’नामा कुन भूमिका निभाए होलान्

कञ्चनपुर, २८ साउन । गत सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दम्पती ह’त्यामा सं’लग्न अभि’युक्त सार्वजनिक कार्यक्रमा बेलौरी नगरपालिका–७ का ३५ वर्षीय दिनेश रानाको शा’रीरिक अवस्थाले ध्यान तान्यो । दाँया हात नै नभएका अ’शक्त अभियुक्त रानाले ज्या’न मा’र्ने जस्तो जघ’न्य अ’पराधिक घट’नामा कुन भूमिका निभाए होलान् भन्ने सबैको चासोको विषय पनि बन्यो ।

दश दिनअघि मध्यरातमा कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरका घनश्याम खातीको घरमा अ’ज्ञात समूहले धा’रिलो ह’तियार प्र’योग गरी आक्र’मण गर्यो। आक्र’मणबाट खातीका श्रीमती ६८ वर्षीया बेलीदेवी खातीको घट’नास्थलमै मृत्यु भयो । आक्र’मणबाट ग’म्भीर घा’इते भएका वृद्ध घनश्यामको आइतबार राति उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खातीकै छिमेकी ५३ वर्षीय प्रकाश ऐरले बो’क्सीको आ’रोप लगाउँदै रु चार लाख दिएर ह’त्या गर्ने यो’जना बुनेको प्रहरीले खुलासा गरेको छ । खातीको ह’त्या योजना बनाएका ऐरले कृष्णपुर नगरपालिका–२ का ४५ वर्षीय रबि राना (भर्रा) को गतिलो साथ पाए ।

योजनाअनुसार नै अ’शक्त रानाले मोटरसाइकलमा घट’नापछि खातीका छोरा राजेश खातीलाई घरमा लैजानेदेखि आक्र’मण गर्ने रविलाई घर पुर्याउनेसम्मको काम गरेको देखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए । रानाले मोटरसाइकलको एक्सलेटर नै बाँया हाततर्फ जडान गरेको पाइएको छ ।

“अ’शक्त भएपनि राना दक्षिणतर्फ नेपाल–भारत सीमानामा मल’खाद, कुखुराका चल्ला अवै’ध नाकाबाट ल्या’उने गि’रोहमा समेत सक्रिय रहेछ ।” उनले भने–“राना त्यो क्षेत्रको त’स्कर नै रहेको पाइयो ।”

अभियुक्त राना सीमा क्षेत्रमा युवा समूहलाई त’स्करीमा परिचालन गर्ने गरेको समेत प्रहरीको भनाइ छ । “प्रहरीमै उ’जुरी नआएपनि गाउँमा त्यसको ग’तिविधि ठीक रहेनछ ।” प्रवक्ता थापाले भने–“खाती दम्पतीको ह’त्याको दोस्रो दिन हामीले दिनेश र खातीका छोरा राजेशलाई सोधपुछका लागि निय’न्त्रणमा लिएका थियौँ ।”

घट’ना अनु’सन्धानकै क्रममा राजेशको संलग्नता नदेखिएपछि रि’हा भएका छन् । “दिनेश र होरीले घट’नाका बेला राजेशलाई मा’दक पदा’र्थमा ल’ठ्ठ बनाएर फ’काएर राखेको देखिन्छ” प्रवक्ता थापाले भने ।

झण्डै दुई दशकअघि रानाले बि’जुलीको पोलमा च’ढ्ने क्रममा क’रेन्ट लागेको हात गुमा’एको एक स्थानीयले बताए । “यहाँ अवै’ध नाकाबाट त’स्करी गर्न थालेको वर्षौं भइसकेको थियो ।” स्थानीयले भने–“त’स्करी हुँदै आज गाउँमै जघ’न्य अप’राधमा समेत सामेल भएछ ।” रासस

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्