नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्‍यु

काठमाडौं, २८ साउन । बुधबार नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ८१ जनाको परीक्षण गर्दा ४८४ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल सं‌ख्या २४ हजार ४३२ पुगेको छ । गत २४ घण्टामा कोरोना भाइरस निको भएर ६४ जना डिस्चार्ज भएका छन् ।

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएसंगै मृतकको संख्या ९१ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वोर गौतमले बताउनुभयो ।

काठमाडौं टेकुकी ७८ वर्षकी महिला, धादिङ्ग नीलकण्ठका ३२ वर्षीय पुरुष, धनुषा जनकपुरका ७१ वर्षीय पुरुष, धनुषा जनकपुरकी ३८ की महिला, सप्तरी डाक्रेश्वरीका ७२ वर्षीय पुरुष, मोरङ्ग बुढीगंगाका ५५ वर्षीय पुरुष, कपिलवस्तु तौलिहवाका ४२ वर्षीय पुरुष र बारा कलैयाका ७५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्