jail

कारागारमा रहेका कैदीबन्दी र थुनुवामा कोरोना सङ्क्रमण देखिएपछि…

बाँके, २ं साउन । नेपाल-भारत सीमा नाका जोडिएको बाँके कारागारमा रहेका कैदीबन्दी र थुनुवामा कोरोना सङ्क्रमण देखिएपछि अन्य जिल्लामा सारिएको छ । बाँके कारागारका कैदीबन्दीमा कोरोना सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनसँंगको समन्वयमा कारागार प्रशासनले महिला कैदीबन्दीलाई दैलेख र थुनुवालाई बर्दिया जिल्ला कारागारमा पठाएको हो ।

बाँके कारागारमा रहेका महिला कैदीबन्दी र उनका आश्रित नाबालक एक गरी ३१ जनालाई दैलेख कारागार तथा १५ थुनुवा र एक नाबालक आश्रित गरी १६ जनालाई बर्दिया जिल्ला कारागारमा पठाइएको बाँके कारागारका जेलर देवेन्द्रमान श्रेष्ठले जानकारी दिए ।

दुई सय ५० पुरुष र ५० महिला गरी तीन सयको कैदीबन्दीको क्षमता रहेको बाँके कारागारमा हाल दोब्बर बढी ७७० पुरुष र ४५ महिला तथा दुई आश्रित नाबालक गरी ८१७ कैदीबन्दी र थुनुवा छन् ।

यो पनि पढ्नुहोस् :-
बैतडी, २९ साउन । बैतडीमा डेढ महिनादेखि संकलन गरिएको स्वाबको रिपोर्ट अझै आएको छैन् । भारतबाट फर्केका र आरडीटी पोजेटिभ आएका १ सय ४४ नागरिकको स्वाबको रिपोर्ट अझै नआएको बताइएको छ ।

करीब डेढ महिना अघि कोरोना परीक्षणका लागि गरिएको स्वाब संकलन मध्ये १ सय ४४ जनाको स्वाबको रिपोर्ट नआए पछी रिपोर्ट नआएका स्वाबहरु हराएको अथवा अन्यत्र कतै रिपोर्ट गएको हुन सक्ने आशंका गरिएको छ ।

समयमा रिपोर्ट नआएपछि क्वारेन्टिनमा बसेका ती नागरिक १४ दिन क्वारेन्टिन बसेर घर फर्किसकेका छन् । जिल्लामा अहिलेसम्म २ हजार २ सय ८१ जनाको स्वाब संकलन गरिएकोमा ३ सय २२ जनामा कोरोना पुष्टि भइसकेको छ । कोरोना पुष्टि भएका १५ जना बाहेक सबै डिस्चार्ज भईसकेका छन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्