कोरोना संक्रमित

बेलायतलाई उछिनेर भारत कोरोना संक्रमितको संख्याका आधारमा चौथो मुलुक

जोन हकिन्स विश्‍वविद्यालयका अनुसार हिजो बेलायतलाई उछिनेर भारत कोरोना भाइरस संक्रमितको संख्याका आधारमा सबैभन्दा बढी प्रभावित चौथो मुलुक बनेको हो ।

विश्वभर कोरोना भारइरसका कारण ७ लाख ४५ हजार ९ सय २३ को मृत्यु भइसकेको छ । भारतको टाइम्स अफ इन्डियाले जनाएअनुसार भारत मृत्यु धेरै हुने मुलुकको चौथो स्थानमा उक्लिएको छ ।

बेलायतलाई पछि पार्दै भारत एक कदम अगाडी देखिएको हो । बेलायतमा मृत्यु हुने संक्रमितको संख्या ४६ हजार ७ सय ९१ रहेको छ । त्यहाँ मृत्यु दर पहिलेको तुलनामा कम हुँदै गइरहेको छ ।

यता भारतमा भने मृत्यु हुने दर बढ्दो छ । अमेरिकामा १ लाख ४५ हजार ९ सय २४ जना संक्रमितको मृत्यु भइसकेको छ । ब्राजिलमा १ लाख ३ हजार २६ जनाले ज्यान गुमाइसकेका छन् ।

मेक्सिकोमा मर्नेहरुको संख्या ५३ हजार ९ सय २९ पुगेको छ भने छिमेकी मुलुक भारतमा मात्रै ४७ हजार भन्दा धेरै संक्रमितको ज्यान गइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ । कोरोनाबाट मृत्यु हुने मानिसको संख्यामा भारते बेलायतलाई पनि पछि पारेको हो ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्