इल्ताफ हुसेन अन्सारी

१५ किलो सुन प्रकरणमा अन्सारी पक्राउ

काठमाडौं, २९ साउन । कमलादीबाट प्रहरीले बरामद गरेकाे भनिएकाे १५ किलो सुन प्रकरणमा इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन् । सुन्धारामा प्रहरीले फलो गरेपछि ‘सुन’ र पे’स्तोलको झोला छाडेर भागेका अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।

साउन १३ मा सुन्धाराबाट बा.६च ५५१९ नम्बरको स्कोर्पियोबाट सुन र पे’स्तोलको झोला छाडेर भागेपछि अन्सरीलााई प्रहरीले खोजिरहेको थियो । प्रहरीकाे खाेजी सूचीमा रहेका अन्सारीलाइ जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले बाराको निजगढबाट नियन्त्रणमा लिएको हो ।

उनी यसअघि भारू नक्कली नोट प्रकरणमा पनि पक्राउ परेका व्यक्ति रहेकाे प्रहरीकाे भनाइ छ । २०७२ जेठमा भारतीय नक्कली नोटको कारोबारमा ललितपुरबाट पक्राउ परेका थिए ।

यही साउन १३ गते कमलादीबाट १५ किलो सुन प्रहरीले बरामद गरेकाे भनिए पनि पछि उक्त सुन सुन्धाराबाट बरामद भएकाे खुलेकाे थियाे भने, त्यसमा पनि करिब आधा किलाे मात्र सक्कली सुन र बाँकी चाँदीमा सुनको जलप लगाएर नक्कली पारिएकाे खुलेकाे थियाे ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्