कोरोना विरुद्धको खोप

कोरोना विरुद्धको खोपबारे फेरि बोल्यो रुस

रुसले कोरोनाभाइरस संक्रमणविरूद्ध बनाएको खोपको सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय रूपमा चिन्ताहरू व्यक्त भइरहेका बेला उसले त्यस्ता चिन्ताहरूलाई ‘बिल्कुलै आधारहीन’ भनेको छ । रुसले मङ्गलवार देशको नियामक निकायले कोरोनाभाइरस संक्रमणविरूद्ध रुसमै विकसित एउटा खोपलाई स्वीकृति प्रदान गरेको बताएको थियो ।

उक्त खोप दुई महिनाभन्दा कम समय मात्रै मानिसहरूमा परीक्षण गरिएको थियो । तर विज्ञहरूले रुसले यति चाँडै खोप बनाएकोप्रति सन्देह व्यक्त गरेका छन् । त्यस्तो सन्देह व्यक्त गर्ने देशहरूको सङ्ख्या बढिरहेको छ । जर्मनी, फ्रान्स, स्पेन र अमेरिका सबैले यो खोपलाई लिएर सतर्क रहन भनेका छन् ।

कोरोना विरुद्धको खोपबारे फेरि बोल्यो रुस

रुसको प्रतिक्रिया त्यसपश्चात् बुधवार रुसका स्वास्थ्य मन्त्री मिखाइल मुराश्कोले रुसी समाचार एजेन्सी इन्टरफ्याक्ससँग भने, ‘यस्तो देखिदैछ कि हाम्रा विदेशी मित्रहरूलाई रुसी औषधि प्रतिस्पर्धामा अगाडि जाने कुराको फाइदाबारे जानकारी भयो र उनीहरू यस्तो कुरा गरिरहेका छन् जुन बिल्कुलै आधारहीन छ ।’ उनले खोप चाँडै नै उपलब्ध हुने बताए ।

उनले आउँदो दुई सातामा खोपको पहिलो खेप आउने र त्यो सुरुमा चिकित्सकहरूलाई दिइने जानकारी दिए । रुसी अधिकारीहरूले आगामी अक्टोबरदेखि ठूलो सङ्ख्यामा मानिसहरूमा खोप लगाउन सुरु गरिने योजना रहेको बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलवार खोप बनेको घोषणा गरेका थिए ।

रुसले प्रयोगमा ल्यायो कोरोना विरुद्धको पहिलो खोप
रुसले प्रयोगमा ल्यायो कोरोना विरुद्धको पहिलो खोप

उनले उक्त खोप प्रभावकारी भएको र त्यसले प्रतिरोध क्षमतालाई बलियो बनाएको दाबी गरेका थिए । उनले आफ्नी एउटी छोरीलाई पनि उक्त खोप दिइएको बताए । खोपप्रति प्रश्न विश्व स्वास्थ्य सङ्गठनले यो खोपबारे समीक्षा गर्न आफूले रुसी अधिकारीहरूसँग सम्पर्क गरिरहेको बताएको छ । मस्कोले उक्त खोपको नाम स्पुत्निक राखिने जनाएको छ ।

उक्त खोप विश्व स्वास्थ्य सङ्गठनले तेस्रो चरणको परीक्षणमा पुगेका भनी सूचिकृत गरेका ६ वटा खोपहरूको सूचिमा रहेको छैन । रुसी खोपबारे विशेषगरी अमेरिका र युरोपमा प्रश्न उठिरहेको छ । जर्मनीका स्वास्थ्य मन्त्री येन्स स्पानले भनेका छन्, ‘लाखौँ मानिसहरूलाई खोप लगाउन सुरु गर्नु एउटा खतरनाक कुरा हो किनकी यदि त्यसमा केही खराबी भएमा मानिसहरूको खोपप्रतिको विश्वास नै उड्नेछ ।’

‘हामीलाई जेजति जानकारी छ, त्यसका आधारमा के थाहा हुन्छ भने खोपको उचित परीक्षण भएको छैन’ पहिले खोप बनाउनेको होइन, जरुरी त के छ भने एउटा सुरक्षित खोप विकास होस् ।’ फ्रेन्च न्याशनल सेन्टर फर साइन्टिफिक रिसर्चकी अनुसन्धानकर्ता इसाबेल इम्बर्टले ला पेरिसियो अखबारलाई यति चाँडो उपचारको दाबी गर्नु निकै खतरनाक हुनसक्ने बताएकी छन् ।

अमेरिकाका वरिष्ठ भाइरस रोगका चिकित्सक डा. एन्टोनी फाउसीले रुसी दाबीप्रति आशङ्का व्यक्त गरे । स्वागत तर केही देशले रुसको घोषणालाई सकारात्मक रूपमा लिएका छन् । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले आफैँले उक्त खोपको परीक्षण गर्ने बताएका छन् ।

उनले भने, ‘मलाई विश्वास छ तपाईँ ९रुस०ले बनाएको खोप वास्तवमै मानवताका लागि असल कुरा हो । म त्यसको परीक्षण गर्ने पहिलो व्यक्ति हुनेछु ।’ इजरेलले यदि यो ‘गम्भीर उत्पादन’ भएमा किन्नका लागि सम्झौता गर्ने जनाएको छ । अहिले विश्वमा विभिन्न देशमा समानान्तर रूपमा दर्जनौँ खोपको निर्माण र केहीको मानवमा परीक्षण गर्ने काम भइरहेको छ । स्रोत बिबिसी

सम्बन्धित खबर

सफलतापुर्बक रुसले प्रयोगमा ल्यायो कोरोना विरुद्धको पहिलो खोप:
डब्लुएचओ अझै असन्तुष्ट

काठमाडौं, २८ साउन। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस बाट सबै प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्र’भावित छन्। विभिन्न देशमा कोरोना भाइरसको खोप बनाउने काम भईरहँदा रुसले पनि कोरोना विरुद्धको पहिलो खोप तयार गरेको छ ।

यो कोरोना भाइरस विरुद्धको विश्वकै पहिलो खोप हो, जुन तयार भैसकेको छ। रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोना विरुद्ध संसारको पहिलो खोपको सफल परीक्षण भएर मान्यता दिइएको बताएका छन् ।

रुसको गामालिया रिसर्च सेन्टरले बनाएको उक्त भ्याक्सिनलाई रुसको स्वास्थ्य मन्त्रालयले मान्यता दिएको हो। पुटिनले कोरोना विरुद्धको खोपबारे मंगलबार मस्कोमा सरकारका मन्त्रीहरुलाई जानकारी दिएका थिए। उनले यो भ्याक्सिन उनकै छोरीमा समेत प्रयोग गरिएको त्यहाका संचार माध्यमले जनाएको छ।

पुटिनले रुसमा बनेको उक्त खोपको सफल परीक्षण भइसकेको र कोरोना विरुद्ध लड्नका लागि रोग प्रतिरोधात्मक क्षमता पनि विकास गरेको उल्लेख गरेका छन्। उक्त खोप ए’डिनोभा’इरससँग आधार भएर तयार गरिएको र खोपमा (कोभिड-१९) का मृ’त त’त्व रहेको र यिनीहरु वृद्धि हुन नसक्‍ने गा’मालिया रिसर्च सेन्टराका प्रमुख एलेक्जेन्टर गिन्चबर्गले बताएका छन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्