सञ्जय दत्त

सञ्जय दत्तलाई तेस्रो चरणको क्यान्सर, उनकी श्रीमतीले यस्तो भनिन

बलिउड अभिनेता सञ्जय दत्तको फोक्सोमा तेस्रो चरणको क्यान्सर भएको छ । थप उपचारका लागि उनी अमेरिका प्रस्थान गर्ने भारतीय संचार माध्यमहरुले जनाएका छन् । अगस्ट ८ मा श्वासप्रश्वासमा समस्या भएपछि लिलावती अस्पताल भर्ना भएका उनको स्वास्थ्य परीक्षणमा फोक्सोमा क्यान्सर देखिएको हो ।

क्यान्सरको रिर्पोट आएपछि सञ्जय स्तब्ध बनेको र उनका प्रशंसकहरुले स्वास्थ्य लाभको कामना गरिरहेको संचारमाध्यमहरुले उल्लेख गरेका छन् । दत्तले मंगलवार स्वास्थ्यका कारण केही समय चलचित्रबाट ब्रेक लिने घोषणा गरेका थिए ।

उनले लेखेका थिए, ‘म मेडिकल ट्रिटमेन्ट्सका कारण कामबाट केही समय ब्रेक लिँदैछु । मेरो परिवार र साथीको मलाई साथ छ । म सबै शुभचिन्तकसँग निवेदन गर्छु कि चिन्ता नलिनुहोला र अनावश्यक रुपमा अड्कल पनि नलगाउनुहोला । तपाईंको प्रेम र शुभकामनाले चाँडै फर्किनेछु ।’

६१ वर्षीय दत्तको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ । दत्तका श्रीमती र सन्तान लकडाउन र उडान प्रभावित बनेपछि पाँच महिनादेखि दुबईमा रहेका छन् । उनकी आमा नरगिसको पनि क्यान्सरका कारण सन् १९८१ मा निधन भएको थियो ।

त्यस्तै, दत्त बिरामी भएको खबर बाहिर आएपछि उनको पत्नी मान्यता दत्तले यसबारे बयान जारी गरेकी छिन् । बुधबार जारी गरिएको बयानमा सञ्जयको शीघ्र स्वास्थ्य लाभका लागि कामना गर्ने सबैलाई धन्यवाद दिएकी छन् ।

मान्यताले भनेकी छन्, ‘म सञ्जुका फ्यानहरुलाई आग्रह गर्न चाहन्छु कि कुनै अफवाह र समाचारमा विश्वास नगर्नुहोला । म चाहन्छु कि तपाईंहरु मात्र यसरी नै माया र साथ दिइराख्नुहोला । पछिल्लो कयौँ वर्षमा हाम्रो परिवारले कयौँ अप्ठ्याराहरु झेलेको छ र मलाई विश्वास छ कि यो समय पनि गुज्रने छ । सञ्जु र हाम्रो परिवार जहिले पनि योद्धा रहेको छ । भगवानले फेरि एक पटक हाम्रो सामु चुनौति खडा गरेर हाम्रो परीक्षा लिने फैसला गरेको छ ।’

‘यो समय हामीलाई तपाईंको आर्शिवाद र प्रार्थनाको आवश्यकता छ । तपाईंको मद्दतले हामी यसअघि जस्तै विजेता बनेर आउनेछौँ । यस अवसरको प्रयोग सकारात्मकता फैलाउन प्रयोग गर्नुहोला ।’

Sanjay Datta
Sanjay Datta

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्