Rape

रेष्टुरेन्टमा किशोरीलाई बोलाई भिडियोमा खेलाउने भन्दै प्र’लोभन देखाइ वि’यर खुवाएर ल’ठ्याएपछि…

काठमाडौँ, २९ साउन। काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–७ स्थित वीरेन्द्रचोकमा एक १५ वर्षीया कि’शोरी मथि बला’त्कार भएको छ। उक्त बा’लिकाको बला’त्कार आ’रोपमा प्रहरीले सिन्धुलीको भिमान स्थायी घर भइ हाल कागेश्वरी मनहरा–७ स्थित काँडाघारी बस्ने ३१ वर्षीय डेविट भनिने सुशील खड्कालाई पक्राउ गरेको छ ।

गत मंगलबार खड्काले वीरेन्द्रचोकस्थित भेटघाट रेष्टुरेन्टमा कि’शोरीलाई बोलाई म्युजिक भिडियोमा खेलाउने भन्दै प्र’लोभन देखाइ वि’यर खु’वाएर ल’ठ्याएको प्रहरी अनु’सन्धानबाट खुलेको छ।

त्यसपछि रा’ती सोही रेष्टुरेन्टको क्याविनमा राखी ज’वरज’स्ती क’रणी गरेको खु’लासा भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्र राठौरले जानकारी दिए। पी’डित यु’वतीले दिएको उ’जुरीका आधारमा खड्कालाई बिहीबार बिहान पक्राउ गरेर थप अनु’सन्धान कार्य जारी रहेको उनले बताए ।

यो पनि पढ्नुहोस
१५ किलो सुन प्रकरणमा अन्सारी पक्राउ

काठमाडौं, २९ साउन । कमलादीबाट प्रहरीले बरामद गरेकाे भनिएकाे १५ किलो सुन प्रकरणमा इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन् । सुन्धारामा प्रहरीले फलो गरेपछि ‘सुन’ र पे’स्तोलको झोला छाडेर भागेका अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।

साउन १३ मा सुन्धाराबाट बा.६च ५५१९ नम्बरको स्कोर्पियोबाट सुन र पे’स्तोलको झोला छाडेर भागेपछि अन्सरीलााई प्रहरीले खोजिरहेको थियो । प्रहरीकाे खाेजी सूचीमा रहेका अन्सारीलाइ जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले बाराको निजगढबाट नियन्त्रणमा लिएको हो ।

उनी यसअघि भारू नक्कली नोट प्रकरणमा पनि पक्राउ परेका व्यक्ति रहेकाे प्रहरीकाे भनाइ छ । २०७२ जेठमा भारतीय नक्कली नोटको कारोबारमा ललितपुरबाट पक्राउ परेका थिए ।

यही साउन १३ गते कमलादीबाट १५ किलो सुन प्रहरीले बरामद गरेकाे भनिए पनि पछि उक्त सुन सुन्धाराबाट बरामद भएकाे खुलेकाे थियाे भने, त्यसमा पनि करिब आधा किलाे मात्र सक्कली सुन र बाँकी चाँदीमा सुनको जलप लगाएर नक्कली पारिएकाे खुलेकाे थियाे ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्