कोरोना बिरुद्धको खोप

चीनले पनि तयार पार्यो कोरोना बिरुद्धको भ्याक्सिन

चीनले कोरोना भाइरसको भ्याक्सिन निर्माण गरेको छ । रुसले दुईदिनअगाडि कोरोना भाइरसको भ्याक्सिन तयार पारेको घोषणा गरेसँगै चीनले पनि भ्याक्सिन निर्माण गरेको जनाएको छ । चीनले निर्माण गरेको उक्त भ्याक्सिन तत्काल सर्वसाधारणको पहुँचमा नपुग्ने भएको छ ।

किनकी चीनले पहिले चिनियाँ जनमुक्ती सेनालाई प्रयोग गर्न अनुमति दिएको छ । रुसी खोपलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छैन् । रुसले डब्ल्युएचओसँग समन्वय नगरी निर्माण गरेको उक्त भ्याक्सिनले कोरोना संक्रमितका लागि उपयोगी भएको दाबी गरेको छ ।

राष्ट्रपति भ्लादिमिर पुटीनले उक्त भ्याक्सिन कोरोना संक्रमित आफ्नी छोरीमा पनि सफल परीक्षण भएको बताएका छन् । रुसले निर्माण गरेको भ्याक्सिनको नाम स्तुपनिक–५ राखिएको छ । उक्त भ्याक्सिन गामालेया रिसर्च इन्स्टिच्युटले निर्माण गरेको हो । यता चीनमा क्यानसिनो बायोलोजिक्सले उक्त भ्याक्सिन तयार पारेको हो ।

क्यानबरामा रहेको अनुसन्धान समूहका चीन पोलिसी सेन्टरका निर्देशक एडम निले छनौट रोग र जैविक हतियार जस्ता सैन्य अनुप्रयोग भएका क्षेत्रमा सेनाको उन्नत चिकित्सा अनुसन्धान प्राकृतिक स्रोतमा केन्द्रीत भएको बताए । उनले भने, ‘यसले महामारीको बखत धेरै काम गरेको छ ।’ एजेन्सी

भ्याक्सिन
सम्बन्धित खबर
सफलतापुर्बक रुसले प्रयोगमा ल्यायो कोरोना विरुद्धको पहिलो खोप: डब्लुएचओ अझै असन्तुष्ट

काठमाडौं, २८ साउन। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस बाट सबै प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्र’भावित छन्। विभिन्न देशमा कोरोना भाइरसको खोप बनाउने काम भईरहँदा रुसले पनि कोरोना विरुद्धको पहिलो खोप तयार गरेको छ ।

यो कोरोना भाइरस विरुद्धको विश्वकै पहिलो खोप हो, जुन तयार भैसकेको छ। रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोना विरुद्ध संसारको पहिलो खोपको सफल परीक्षण भएर मान्यता दिइएको बताएका छन् ।

रुसको गामालिया रिसर्च सेन्टरले बनाएको उक्त भ्याक्सिनलाई रुसको स्वास्थ्य मन्त्रालयले मान्यता दिएको हो। पुटिनले कोरोना विरुद्धको खोपबारे मंगलबार मस्कोमा सरकारका मन्त्रीहरुलाई जानकारी दिएका थिए। उनले यो भ्याक्सिन उनकै छोरीमा समेत प्रयोग गरिएको त्यहाका संचार माध्यमले जनाएको छ।

पुटिनले खोपको सफल परीक्षण भइसकेको र कोरोना विरुद्ध लड्नका लागि रोग प्रतिरोधात्मक क्षमता पनि विकास गरेको उल्लेख गरेका छन्। उक्त खोप ए’डिनोभा’इरससँग आधार भएर तयार गरिएको र खोपमा (कोभिड-१९) का मृ’त त’त्व रहेको र यिनीहरु वृद्धि हुन नसक्‍ने गा’मालिया रिसर्च सेन्टराका प्रमुख एलेक्जेन्टर गिन्चबर्गले बताएका छन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्