आजको मौसम

यस्तो छ आजको मौसम सतर्कता अपनाउन आग्रह

काठमाडौं, ३० साउन। जल तथा मौसम पूर्वानुमान महाशाखाले आजको मौसम विवरण प्रकाशन गर्दै आजपनि देशभर मौसमको प्रभाव हुने भएकाले , सम्पूर्ण देशवासीलाई सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि देशका केही स्थानमा हल्का घाम देखिनुका साथै बादल पनि लाग्ने छ।

त्यस्तै दिउँसो पनि देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै प्रदेश नं १, बाग्मति प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका का एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

साथै बाग्मति प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५, र कर्णाली प्रदेशका १–२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ । यसैगरी राती पनि देशभर सामान्य वदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यसरि विभिन्न ठाउमा बर्षको सम्भावना रहंदा सतर्कता अपनाउन आग्रह गरेको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्