social media

सामाजिक सञ्जालले यसरि लिन्छ ज्या’न

घटना १ : प’रस्त्रीसँगको अ’वैध स’म्बन्धका फोटो र भिडियो सामाजिक सञ्जाल फेसबुकबाट बाहिर ल्याएर ब्ल्या’कमेलिङ गरेको भन्दै ह’त्या

प’रस्त्रीसँगको अ’वैध स’म्बन्धका फोटो र भिडियो सामाजिक सञ्जाल फेसबुकबाट बाहिर ल्याएर ब्ल्या’कमेलिङ गर्दै आएका रोल्पा रुन्तीगढी गाउँपालिकाका कृष्णबहादुर बोहोराले पा’सविक ह’त्या बहन गर्नुपर्‍यो। चितवन कालिका नगरपालिकाकी कल्पना मुडभरी पौडेलले प्रहरीसमक्ष दिएको साबिती बयानअनुसार बोहोराले उनलाई पटकपटक ब्ल्या’कमेलिङ गरेर यौ’नसम्बन्ध राख्दै आएका थिए। हुर्केकी छोरीसम्मलाई बोहोराले गलत नजरले हेर्न थालेपछि आफू उक्त अ’पराध गर्न बाध्य भएको पौडेलले बयानमा खुलाएकी छन्। फिल्मी शैलीमा पौडेलले गरेको उक्त अ’पराधबारे अनु’सन्धान गर्ने प्रहरी र स्थानीयवासीले आश्चर्यप्रकट गरे। एउटी महिला कसरी पा’सविक ह’त्यामा उत्रिन सक्छिन् भनेर।

घटना २: आफ्नो प्रेममा बा’धक बनेपछि आफ्नै आमाको ह’त्या

२०७६ असार १६ गते आफ्नो प्रेममा बा’धक बनेपछि भक्तपुरको चाँगुनारायण नगरपालिका खरिपाटीकी ईश्वरी भट्टराईले ६० वर्षीया आमा सावित्री भट्टराईको ह’त्या गर्न लगाइन्। श्रीमान् हुँदाहुदै ईश्वरीको भारतीय नागरिक महोम्मद नैसाफसँग अ’वैध सम्बन्ध थियो। उक्त सम्बन्धबारे ईश्वरीकी आमा सावित्री जानकार थिइन्। नैसाफ र ईश्वरीको चिनजान र भेट पनि फेसबुकले नै जुराएको थियो। कामले श्रीमान् बाहिर रहेका बेला ईश्वरीले नैसाफलाई घरमा बोलाउँथिन्। आमाले प’रपुरुषसँग सम्बन्ध नराख्न ईश्वरीलाई पटकपटक सम्झाएकी पनि थिइन्। तर, छोरी नै आमाका काल बनिन्। भरतीय नागरिकलाई १२ लाख रुपैयाँको सुपारी दिएर ईश्वरीले पे्रमी नैसाफको योजनामा आमाको ह’त्या गरेकी थिइन्।

घटना ३ : आफूलाई पटकपटक विवाह गर्न दबाब दिएकै कारण ह’त्या

२०७६ माघ २४ गते मोरङको विराटनगरस्थित उखुबारीमा ह’त्या गरेर फालेको अवस्थामा एउटी महिलाको शव फेला पर्‍यो। प्रहरीले उक्त घटनाको अनु’सन्धान गर्ने क्रममा ती महिला सुनसरीको दुहवी नगरपालिका–६ बस्ने ३२ वर्षीया सम्झना खत्री परियार रहेको र’हस्य खुल्यो। परियारको ह’त्याको आ’रोपमा सप्तरी जिल्ला मट्टीगढा घर भई मोरङको बूढीगंगा गाउँपालिका–३ पोठियामा डेरा गरी बस्ने २५ वर्षीय सुरेन्द्रप्रसाद साहलाई पक्राउ गरियो।

साहले प्रहरी बयानमा सम्झनाले आफूलाई पटकपटक विवाह गर्न द’बाब दिएकै कारण आवेगमा आएर माघ २१ गते ह’त्या गरेको बयान दिए। विवाह नगरे दुईजनाको सम्बन्ध सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिने ध’म्की दिएपछि सम्झनाको ह’त्या गर्ने निष्कर्षमा आफू पुगेको सुरेन्द्रले प्रहरी बयानमा खुलाएका थिए। दुई बच्चाकी आमा सम्झना र सुरेन्द्र लामो समयदेखि रिलेसनसिपमा थिए। सम्झनाको ह’त्या अनु’सन्धानमा प्रहरीले तालिम प्राप्त कुकुरसमेत परिचालन गरेको थियो। सम्झनाको शव बोक्न प्रयोग भएको मोटरसाइकल कुकुर र सीसीटीभीको माध्यमबाट पत्ता लागेको थियो।

यी तीन घटना सामाजिक सञ्जालसँग जोडिएका गम्भीर प्रकृतिका अ’पराधका शृंखला मात्र हुन्। पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढ्दो छ। मन मिलुन्जेल अ’वैध सम्बन्ध ठीक। तर, सम्बन्धमा ट’कराव आएपछि त्यही सम्बन्ध बार्गेनिङको ह’तियार बन्ने गरेको प्रहरीको विभिन्न अनु’सन्धानले देखाएको छ। यतिसम्मकि अ’वैध सम्बन्धको फोटो र भिडियो बनाएर एकले अर्कोलाई ध’म्क्याउने र का’लान्तरमा सम्बन्ध ह’त्यामा पुगेर टुंगिने गरेको देखिन्छ।

गाेंगबुको घटना पनि यसैको एउटा उपज हो। कृष्णबहादुर र कल्पनाबीचको सम्बन्ध राम्रो हुँदाहुँदै पनि त्रासदीपूर्ण घटनामा आएर टुंगिन पुग्यो। कारण थियो, कृष्णबहादुरले कल्पनाको भा’वभंगीको फाइदा उठाएर नक्कली फेसबुक आईडी बनाई न’ग्न र अ’श्लील फोटो अरुलाई पठाइदिए। कल्पनाले कृष्णबहादुरबाट त्यसखालको व्यवहार चाहेकी थिइनन्। तर, कृष्णबहादुर त्यसैलाई ह’तियार बनाएर कल्पनाको छोरीसम्मलाई ग’लत न’जरले हेर्न थालिसकेका थिए।

यौ’नमा रमाउन थालेका कृष्णबहादुरबाट आफ्नी छोरीसमेत अ’सुरक्षित बनेको देखेपछि आफूले योज’नाअनुसार नै ह’त्या गरेको कल्पनाको बयान प्रहरीसँग छ। ‘यो’जनाअनुसार नै कल्पनाले कृष्णबहादुरलाई कोठामा बोलाएर म’दिरा र नि’द्रा लाग्ने औ’षधि खु’वाई ह’त्या गरेर टा’उको का’टी श’व फा’लेकी थिइन् ।

अनु’सन्धानमा संलग्न महानगरीय प्रहरी अ’पराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले भने, ‘यस खालको अ’पराध कल्पनाले सहने श’क्तिको सीमा नाघेपछि मात्रै रोजेको देखिन्छ।’ यो घ’टनामा कल्पना दोषी छिन्। कानुनी उपचार खोज्ने बाटो रहँदा पनि कृष्णबहादुरको ह’त्या गर्नु भनेको कल्पनाले कानुन हातमा लिएको बुझाई अनु’सन्धानमा संलग्न प्रहरी अधिकारीको छ।

गोंगबु ह'त्या

माथि उल्लेखित घटना २ र ३ मा पनि सामाजिक सञ्जाल दुरुपयोग एउटा प्रमुख कारक हो। ईश्वरीको भारतीय नागरिक महोम्मद नैसाफको चिनजान फेसबुकले नै जुराइदिएको थियो। ईश्वरीसँगको अ’वैध सम्बन्धको प्रमाण नैसाफसँंग सुरक्षित थियो। त्यही भएरै ईश्वरी नैसाफसँंग अलग हुन सक्ने अवस्थामा थिइनन्।

अझ ईश्वरीकी आमा सावित्री उक्त सम्बन्धको एउटा ठूलो प्रमाण थिइन्। उक्त प्रमाण मेटाउन आमाको ह’त्या योजनामा ईश्वरी नै मुख्य योजनाकार बन्न पुगको प्रहरी अनुसन्धानले देखाउँछ। अनु’सन्धानमा संलग्न एक प्रहरी अधिकृत भन्छन्, ‘सामाजिक सञ्जालबाट जोडिएको सम्बन्ध निरन्तर कायम राख्न ईश्वरी र नैसाफ सावित्रीको ह’त्या गर्ने योजनालाई पूर्णता दिन्छन्। जुन दृश्य एउटा फिल्मी कहानीभन्दा कम छैन।’

२०७६ माघ २४ मा मोरङको विराटनगरस्थित उखुबारीमा ह’त्या गरेर फा’लिएकी सुनसरीको दुहवी नगरपालिका–६ बस्ने ३२ वर्षीया सम्झना खत्री परियारको ह’त्या पछाडिको रहस्य पनि सामाजिक सञ्जालसँंगै जोडिन्छ। सप्तरी जिल्ला मट्टीगढा घर भई मोरङको बूढीगंगा गाउँपालिका–३ पोठियामा डेरा गरी बस्ने सुरेन्द्रप्रसाद साहले आफू र खत्रीबीचको अ’वैध सम्बन्ध बाहिर आउने देखेपछि खत्रीको ह’त्या गरेको प्रहरी समक्ष स्वीकार गरेका थिए।

खत्रीले विवाह गर्न साहलाई द’बाब दिँदै आएकी थिइन्। तर, साह अ’वैध सम्बन्धलाई नै निरन्तरता दिन खोज्छन्। खत्रीले आफूलाई विवाह नगरे अ’वैध सम्बन्धको फोटो सामाजिक सञ्जालमार्फत बाहिर ल्याउने धम्की दिएपछि साहले ह’त्या गरेको प्रहरी बयानमा खुलाएका थिए।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी कुबेर कडायतले साइबर अ’पराधका उजुरी कम देखिए पनि दु’रुपयोग भने बढेको बताए। उनका अनुसार पुरुष र महिलासँँग सम्बन्धित अ’धिकांश अ’पराधको अनु’सन्धान गर्दा कुनै न कुनै बिन्दुमा सामाजिक सञ्जाल जोडिएकै देखिन्छ। साइबर अ’पराध अहिले ठूलो चुनौतीको रूपमा देखा परेको बुझाइ प्रहरी मुख्यालयको छ।

‘इन्टरनेटको पहुँचले पनि फेसबुक एकाउन्ट नहुने कमै छन्। फेसबुककै माध्यमबाट साथी बन्ने, भेट्ने र अ’वैध सम्बन्ध कायम गर्ने प्रवृत्ति पनि बढेको विभिन्न अनु’सन्धानले देखाएको छ,’ क’डायतले भने, ‘सामाजिक सञ्जालको दु’रुपयोग रोक्न प्रहरी एक्लैको प्रयासले सम्भव छैन। प्रयोगकर्ता आफैं सचेत हुनु जरुरी छ।

ग्रुपबाट हटाउँदा ह’त्या

२०७४ माघ २७ गते काठमाडौं तारकेश्वर नगरपालिका फूलबारी गेटस्थित गोलढुंगा जाने सडक किनारमा पहिचान नखुलेको एक पुरुष घाइते अवस्थामा फेला परे। अज्ञात समूहले नि’र्घात कु’टपिट गरी ती व्यक्तिलाई नालामा फा’लिदिएको थियो। टा’उकोबाट अत्याधिक र’गत बगेको र टा’उकोमा र’गतसमेत जमेको थियो। प्रहरीले उपचारार्थ वीर अस्पतालको ट्रमा सेन्टर पुर्‍याए पनि उनको मृत्यु भयो। डाक्टरका अनुसार उनलाई अ’परेसन गर्नुपर्ने भयो। तर, अ’परेसन सफल हुन सकेन। अन्तत: माघ २९ गते उनको मृत्यु भयो। मृतक थिए तारकेश्वर नगरपालिका कुमार सूचिकार।

प्रहरी अनु’सन्धानका क्रममा सूचिकारसहितका साथीहरूले बनाएको गुह्येश्वरी एजी ग्रुप नामको फेसबुक पेज सूचिकारको ह’त्याको कारक बनेको र’हस्य खुल्यो। प्रहरीले घटना अनु’सन्धान गर्ने क्रममा सूचिकारसँग फोन सम्पर्कमा देखिएका साथीहरूलाई ल्याएर के’रकार गर्दा उक्त तथ्य खुलेको थियो। फेसबुक पेजबाट केही साथीलाई ह’टाइदिएको रिसमा सूचिकारमाथि कु’टपिट भएको थियो। असन्तुष्ट साथीहरूले नै फूलबारी गेटमा बोलाएर सूचिकारमाथि कु’टपिट गरेका थिए।

सम्बन्ध बाहिरिने ड’रले हामफाल्दा मृत्यु

२०७६ वैशाख १ गते राजधानीको हाँडीगाउँमा बस्दै आएका रामेछापका मीनप्रसाद श्रेष्ठको मृत्युको पनि फेसबुक नै कारक बनेको थियो। उनी एक महिलासँग अ’वैध सम्बन्धमा थिए। इजरायलमा लामो समय काम गरेकी महिला र श्रेष्ठको फेसबुकमा गफगाफपछि पटकपटक भेट भइसकेको थियो। फेसबुकको गफगाफपछि उनीहरू प्रेममा थिए। वर्षमा एक पटक बिदामा नेपाल आउने गरेकी ती महिला र श्रेष्ठ नयाँ वर्षको अघिल्लो दिन नयाँ बसपार्कमै दोहोरी रेस्टुरेन्टमा पुगेका थिए।

म’दिरा पिएपछि उनीहरू आआफ्नै डेरातर्फ लागे। मध्यरातमा घर पुगेकी ती महिलालाई भेट्न श्रेष्ठ डे’रामा पुग्छन्। तर, महिलाको श्रीमानले देखेपछि भाग्न खोज्दा घरको कम्पाउन्डको रेलिङमा छेडिएर श्रेष्ठको मृत्यु हुन्छ। प्रहरीले श्रेष्ठको ह’त्या नै हो कि भनेर अनु’सन्धान गर्न ती महिला दम्पतीको पोलिग्राफसमेत परीक्षण गरेको थियो। तर, अनु’सन्धानमा श्रेष्ठको ह’त्या नभएर भ’वितव्यले ज्यान गएको तथ्य खुल्छ। प्रहरी बयानमा ती महिलाले आफू र श्रेष्ठबीच फेसबुकमै चिनजान भएर प्रेममा परेको खुलासा गरेकी थिइन्।

विवाहोत्तर सम्बन्ध बाहिर आउने भएपछि ह’त्या

२०७५ फगुन १८ मोरङ बेलबारीकी २६ वर्षीया युवतीको ह’त्या आ’रोपमा नेकपा मोरङका नेता योगेन्द्र गुरुङ पक्राउ परे। बेलबारी नगरपालिकाकी रमिला राईको ह’त्या गरी शव बे’पत्ता बनाएको आ’रोपमा उनी पक्राउ परेका थिए। इलामबाट पक्राउ परेका गुरुङ र राईबीच प्रेमसम्बन्ध थियो। राईले गुरुङलाई पटकपटक विवाह गर्न द’बाब दिँदै आएकी थिइन्। तर, गुरुङले टार्दै आएका थिए। विवाहोत्तर सम्बन्ध सामाजिक सञ्जालमार्फत बाहिर ल्याइदिने ध’म्कीपछि गुरुङले कोठामै राईको ह’त्या गरेर शव सप्तकोसी नदीमा फा’लेका थिए। गुरुङकी श्रीमती भने काठमाडौंमा बस्दै आएकी थिइन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा  सुवास गोतामेले लेखेका छन् । 

ताजा अपडेटको लागि दीयान मिडिया

Social-Media

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्