सिन्धुपाल्चोकमा गएको भिषण पहिरोमा परी सिंगो गाँउ नै पुरियो ! यस्तो छ अबस्था

सिन्धुपाल्चोक पहिरो अपडेट:

सिन्धुपाल्चोक, ३० साउन। सिन्धुपाल्चोकमा गएको भिषण पहिरोमा परी सिंगो गाँउ नै पुरिएको छ । जुगल गाउँपालिका वडा नम्बर २ लिदिमा बिहान ७ बजे पहिरो जाँदा कम्तीमा २२ घर पुरिएको बताइएको छ । अहिले प्रहरी घटनास्थल जाँदै गरेको जानकारी आएको छ। त्यस्तै बाँकी घरहरु पनि पहिरोको जोखिममा परेको छ । पहिरोमा परेकाहरुको उद्धारका लागि हेलिकोप्टर लिएर घटनास्थलतर्फ जाँदै छ।

पहिरोमा परेर १३ जना सम्पर्कविहिन भएका छन् । पहिरोले पुरिएका १३ घरमध्ये पाँच परिवारका १३ जना सम्पर्कविहीन भएको जुगल गाउँपालिकाका योजना अधिकृत रामबावु नेपालले जानकारी दिए। पहिरोले घरमा पुरिएका आफै निस्कन सक्ने स्थानिय निस्केर लप्सेचौरमा सुरक्षित ठाउँमा गएर बसेका छन्।

घटनास्थलबाट ७ किलोमिटर टाढा झिर्कुबाट नेपााली सेनाको टोली उद्धारका लागी घटनास्थल तर्फ जाँदै छ। कात्तिके र जलविरेबाट प्रहरी पनि घटनास्थल तर्फ जाँदै छ।सभामुख अग्निप्रसाद सापकोटा नेपाली सेनाको हेलिकप्टरमा त्यसतर्फ लागेका छन्। उद्धारका लागी अरु तीनवटा हेलिकप्टरबाट सुरक्षाकर्मीलाई त्यसतर्फ पठाउन लागिएको बताइएको छ। बाकि जानकारी आउन भने बाकि नै छ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

2 thoughts on “सिन्धुपाल्चोकमा गएको भिषण पहिरोमा परी सिंगो गाँउ नै पुरियो ! यस्तो छ अबस्था

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्