मृत्यु

विराटनगरमा थप एक जना कोरोना संक्रमितको मृत्यु

विराटनगर, ३० साउन। कोशी अस्पताल विराटनगरमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहको विष्णुपुर गाउँपालिका– १ घर भएका ४० वर्षीय पुरुष रहेका छन् । उनको बिहीबार राति करिब सवा ८ बजे पुरुषको मृत्यु भएको बताइएको छ । उनी गम्भीर अबस्थामा अस्पताल भर्ना भएका थिए ।

उनको शरीरमा रगतको कमी हुनुका साथै श्वासप्रश्वास र निमोनियाको समस्यापनि भएको बताइएको छ । कोरोना पोजेटिभ देखिएपछि ती पुरुषलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउन खोजिए पनि बेड खाली नभएपछि उनलाई कोशी अस्पतालको आइसोलेसनमै राखिएको थियो ।

यससँगै मोरङमा मात्र कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ । यीमध्ये ६ जनाको कोशी अस्पतालमा नै मृत्यु भएको छ ।

बाकि जानकारीको लागि यो भिडियो हेर्नुहोस

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्