आरडिटी

नेपाल स्थित भारतीय दुतावासमा पनि छिर्यो कोरोना, डाक्टर पनि संक्रमित

वीरगञ्ज, ३० साउन। भारतीय दूतावासका कर्मचारी स्वास्थ्यकर्मी ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा भारतीय दूतावासका कर्मचारी स्वास्थ्यकर्मी ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा ३६ जना पुरूष र १२ जना महिला रहेका छन् । जसमध्य २ वर्षको बालक देखि ६९ वर्षका वृद्ध पुरुष रहेका छन् । नारायणी अस्पतालका मेसु उपाध्यायले जानकारी दिए अनुसार बिहीबार अबेर राति प्रयोगशालमा गरिएको परीक्षणमा संक्रमण हुनेहरुमा बारा जिल्लाका २१ जना, पर्सा जिल्लाका २५ जना र मोहत्तरी जिल्लाका २ जनासहित थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

वीरगन्ज महानगरपालिकास्थित नारायणी अस्पतालमा गरिएको कन्ट्याक्ट ट्रेसिङमा परेका सबैभन्दा धेरै संक्रमित रहेका छन् । संक्रमितहरु हुनेहरुमा नरायणी अस्पतालका २७ बर्षकी १ जना महिला डाक्टर, ४ जना नारायणी अस्पतालमा कार्यरत कर्मचारी, २ जना महिला र १ जना पुरुष नारायणी अस्पतालका सरसफाई कर्मचारी र ३ जना गेट पाले रहेका छन् ।

त्यसैगरी बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिकाका विभिन्न वडाका २० जना, बारा जिल्ला बिश्रामपुरका २४ बर्षका १ जना पुरुष र महोत्तरी जिल्ला जलेश्वरका ४ बर्षका १ जना बालक र ३७ बर्षकी १ जना महिला रहेकी नारायणी अस्पतालका मेसु उपाध्यायले बताए ।

वीरगन्जस्थित रहेको महावाणिज्य भारतीय दूतावासका ३२ बर्षीय एक जना कर्मचारी र वीरगन्जमा रहेको ग्लोबल आइ एम ई बैंकका ४३ बर्षका एक जना पुरुष कर्मचारी रहेको नारायणी अस्पतालका मेसु उपाध्यायले बताए ।

त्यसैगरी वीरगन्ज महानगरपालिका वडा नं. ११ श्रीपुरका १ जना, वडा नं। १० घडीअर्वा पोखरीका २ जना वडा नं. २ छपकैया का २ जना वडा नं. १३ राधेमाइका २ जना र वडा नं. ४,८,१४,१५,२५ का १/१ जना रहेका छन् ।

साउन २४ गते देखि २६ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ४८ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा। निरज सिंहले जानकारी दिएका हुन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्