पहिरो

सिङ्गो गाउँ नै पहिरोले पुरिएको छ, अहिले पनि पहिरो खस्ला-खस्ला जस्तो भइरहेको छ (अपडेट)

सिन्धुपाल्चोक , ३० साउन। सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा भीषण पहिरो जाँदा कैयौँ घर पुरिएका विवरण आएका छन्। जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार घटनास्थलमा केहीबेरअघि नेपाली सेनाको एउटा हेलिकप्टर पुगेको छ।

सेनाको टोलीसँगै श्रेष्ठ पनि हेलिकप्टरमार्फत् त्यहाँ पुगेको टेलिफोनबाट बीबीसी न्यूज नेपालीलाई उनले बताए। पहिरो गएको जुगल गाउँपालिकाको पछिल्लो अवस्थाबारे हामीले उनलाई सोधेका थियौँ। प्रस्तुत छ अध्यक्ष श्रेष्ठसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको

सङ्क्षिप्त कुराकानीको सम्पादित अंशः होमनारायण अध्यक्ष जुगल गाउँपालिका


“सिङ्गो गाउँ नै पहिरोले पुरिएको छ। अहिले पनि पहिरो खस्ला-खस्ला जस्तो भइरहेको छ। उद्धार टोली आई पुगिनसकेको अवस्था भएकोले स्थानीयवासीले सक्दो प्रयास गरिरहनुभएको छ। उद्धारको काम व्यवस्थित हुन सकिरहेको छैन।

इन्जिनियरसहित सेनाको पाँच सदस्यीय विज्ञ टोलीले के कसरी काम शुरू गर्ने भन्नेबारे हेरिरहनुभएको छ।उद्धार टोली आउँदैछ। त्यसमा जनपद, सशस्त्र प्रहरी र सेनाको तर्फबाट हुनुहुन्छ। यहाँ वरपरका साथीहरूको भनाइ अनुसार सम्पर्कमा ३६ जना हुनुहुन्न।

पूर्ण र आंशिक रूपमा पहिरोले पुरिएका घर ३६ वटा देखिएका छन्। कुनै कुनै घरको त नापनक्सा नै छैन। सम्भावित जोखिमको आकलन गरेर कतिपय मानिसहरू रातिको समयमा अन्तै बस्नुहुन्थ्यो। राति पहिरो गएको भए त्यति मानिस नपर्न नि सक्थे होला।

बिहान भएपछि उहाँहरू घर फर्किनुभएको देखिन्छ। बिहान ६ देखि साढे ६ बजेको बीचमा घटना भएको हामीलाई भनिएको छ।”
सभामुख अग्निप्रसाद सापकोटाले पहिरो गएको स्थानको निरीक्षण गरेको छन्

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार घटनास्थल गाडी पुग्न सक्ने कार्तिके भन्ने ठाउँदेखि तीन घण्टाभन्दा बढीको पैदल दूरीमा पर्छ।

अहिले बर्खापछि बाटो बिग्रेकोले त्यहाँ हिँडेर पुग्न पनि गाह्रै छ,” घटनास्थलतर्फ जाँदै गरेका काफ्लेले टेलिफोनमार्फत् भने।

त्यस्तै पहिरोमा पुरिएर बेपत्ता हुनेको संख्या ३८ पुगेको छ भने ३७ घर पहिरोले पुरिएको जुगल गाउँपालिकाकी उपाध्यक्ष सीर्जना तामाङले जानकारी दिइन्। पहिरोमा पुरिएर पाँच जना गम्भीर घाइते भएका छन् । स्रोत: बिबिसी

पहिरो

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

2 thoughts on “सिङ्गो गाउँ नै पहिरोले पुरिएको छ, अहिले पनि पहिरो खस्ला-खस्ला जस्तो भइरहेको छ (अपडेट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्