मृत्यु

गण्डकी प्रदेशमा कोरोनाबाट ६ जनाको मृत्यु !

काठमान्डाैँ, २९ साउन। नेपालमा कोरोनाको कहर बढ्दै गईरहेको बेला मृतकको संख्या पनि बड्दो छ। गण्डकी प्रदेशमा कोरोनाबाट अहिले सम्म ६ जनाको मृत्यु भएको छ। प्राप्त विवरणमा कोभिड–१९ का कारण सबैभन्दा बढी मानवीय क्षति प्रदेश नं २ मा भएको छ । आजसम्मको विवरणमा प्रदेश नं २ मा ३९ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । त्यसपछि दोस्रामा वाग्मती प्रदेशमा १८ जनाले ज्यान गुमाएका छन् ।

प्रदेश नं १ मा आठ, गण्डकी प्रदेशमा ६, प्रदेश नं ५ मा १२, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा आठ जनाको मृत्यु भएको छ ।

लकडाउन समाप्ति पछि परीक्षण गरिएका मध्य पोजेटभ प्रतिशतसमेत केही वृद्धि भएको छ। साउन ७ गते लकडाउनको अन्त्य हुँदा परीक्षण गरिएकामध्ये ४ दशमलव २२ प्रतिशत पोजेटिभ देखिएको थियो । त्यस्तै साउन २७ मा ६ दशमलव १० प्रतिशत रहेकामा साउन २८ मा ४ दशमलव ६२ प्रतिशत पोजेटिभ का छन्।

सङ्क्रमित बढ्न थालेपछि सरकारले आवश्यक तयारीका साथ उच्च सावधानी अपनाउँदै पुनः कडाइ थालेको छ। गत सोमबारको मन्त्रिपरिषद् बैठकले आगामी भदौ ३१ गतेसम्मका लागि अन्तरराष्ट्रिय सीमा नाकाबाट हुने आवागमन रोकेको छ । यसअघि साउन ३२ गतेसम्मका लागि रोकेको थियो । सङ्क्रमण बढेकाले एक महिना थप भएको हो ।

भदौ १ गतेदेखि लामो दूरीका सार्वजनिक यातायात र हवाई सेवा सञ्चालन गर्ने निर्णयलाई पनि परिमार्जन गर्दै भदौ १६ गतेदेखि मात्र सञ्चालन गरिने भएको छ । यस्तै यसअघि साउन १५ देखि सञ्चालन गरिएको होटल तथा रेष्टुराँलाई रोकेर पहिले झैँ खाद्य परिकार लैजान मात्रै पाउने व्यवस्था गरिएको छ।

सक्रिय सङ्क्रमित २०० भन्दा बढी भएका जिल्ला र काठमाडौँ उपत्यकाका सरकारी तथा गैरसरकारी निकाय, बैंक, सहकारी, लघुवित्त एव वित्तीय सङ्घसंस्थालगायतका जनतासँग प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्ने सबै कार्यालय, निकाय एवं सङ्घसंस्थाले विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन भनेको छ। यस्तै ५० प्रतिशत कर्मचारी उपस्थित भएर काम गर्नसमेत सरकारले निर्देशन दिएको छ ।

मानिसको जमघट, भेटघाट एवं नजिकिने कार्यबाट कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको हुँदा अत्यावश्यकबाहेक कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेलाजस्ता सामूहिक जमघट हुने कार्य नगर्न र नगराउने पहिलेकै निर्णयलाई निरन्तरता दिइएको छ ।

गृह मन्त्रालयले बुधबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी आजदेखि लागू हुने गरी तत्काल सवारी पास वितरण बन्द गर्न भनेको छ । फुटपाथ, खुला ठाउँ, ठेला गाडा र साइकलमा सञ्चालन भइरहेका व्यवसायलाई सम्बन्धित स्थानीय प्रशासन र स्थानीय तहले निषेध गर्ने निर्णय पनि भएको छ । उद्योग कलकारखानामा भने आवश्यक स्वास्थ्य मापदण्डअनुसार मात्रै सञ्चालन गर्न पाइने छ ।

चीनको उहानमा गत डिसेम्बर ३१ मा देखिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा समेत देखिएपछि सरकारले गएको चैत ११ गतेदेखि बन्दाबन्दीको आदेश जारी गरेको थियो। झण्डै चार महिना पछि साउन ५ गतेको निर्णयले साउन ६ गते राति देखि बन्दाबन्दी अन्त्य भएको थियो ।

वैशाख र जेठमा अत्यधिक बढेको कोभिड–१९ असारमा केही कमी देखिए पनि साउनमा ह्वात्तै बढेको छ । सङ्क्रमणमा केही कमी आएपछि सरकारले जेठ २९ गते लकडाउनलाई खुकुलाे बनाएर आर्थिक गतिविधि चलायमान बनाएको थियो । त्यसको आज ठीक दुई महिना पुग्दा कोरोना रोकथाम हुनाको सट्टा क्रमशः बढ्दो क्रममा रहेको विवरणले देखाउँछ ।

कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारको मात्रै प्रयासले पुग्दैन, सबै नागरिक पनि सचेत हुनुपर्छ । नेपाल चिकित्सक सङ्घका उपाध्यक्ष डा अनिल कार्की आमसमुदाय चनाखो हुनुपर्ने र आवश्यक स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने सुझाव दिनुहुन्छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को एक अध्ययनले कोरोनाबाट बच्न करीब ७२ प्रतिशतले मात्रै मास्क लगाउँछन् । त्यसमा पनि ६२ प्रतिशतले मात्रै सही तरिकाले लगाउँछन् ।

परिषद्का सदस्य सचिव प्रा डा प्रदीप ज्ञवालीका अनुसार मास्क नलगाउनेको सङ्ख्या झण्डै २८ प्रतिशत छ । मास्कको बेवास्ता गरी लगाउनेको सङ्ख्या २७ दशमलव ३४ प्रतिशत छ । मास्क लगाउनेमध्ये पनि कपडाको मास्क लगाउने १५ दशमलव आठ प्रतिशत पाइएको जानकारी आएको छ।

काठमाडौँ उपत्यकाका २३ सार्वजनिकस्थल तरकारी बजार, सपिङ मल, सरकारी र निजी अस्पताल, बैंक, मालपोत कार्यालय, सार्वजनिक यातायात, होटललगायत क्षेत्रमा उक्त अध्ययन गरिएको थियो । जनस्वास्थ्य मापदण्ड ‘एसएमएस’, सामाजिक दूरी, मास्कको उचित प्रयोग, सेनिटाइजर र साबुनको प्रयोगबारे सर्वसाधारणमा सर्वेक्षण गरिएको थियो ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्