पहिरो

निरन्तर वर्षाको कारण आएको पहिरोले घर पुरिँदा दुई बालकको मृत्यु

बाग्लुङ्ग, ३१ साउन । निरन्तर वर्षाको कारण निसीखोला गाउँपालिका वडा नम्बर ५ कारी गाउँमा पहिरोले घर पुरिँदा दुई बालकको मृत्यु भएको छ । शुक्रबार राति घर माथिदेखि झरेको पहिरोले स्थानीय हिराबहादुर विकको एक छोरा र एक नातीको मृत्यु भएको हो ।

पहिरोले विकको १३ वर्षीय छोरा विदेन्द्र विक र ६ वर्षीय नाती प्रवेश विकको पुरिएर मृत्यु भएको जनाइएको छ । रातको समयमा पहिरो झर्दा दुई बालक पुरिएको बताइएको छ । स्थानीय, प्रहरीको सक्रियतामा उद्धार कार्य जारी रहेको छ ।

यो पनि पढ्नुहोस् :-

काठमाडौं, ३१ साउन । मनसुनी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

महाशाखाले शनिबार मौसमको विवरण सार्वजनिक गर्दै सम्पूर्ण देशवासीलाई सचेत गराएको छ । पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि विभिन्न जिल्लाहरुमा हल्कादेखि सामान्य वर्षा र केही स्थानमा बाढी पहिरोको पनि सम्भावना रहेको छ ।

दिउँसो शभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश ,प्रदेश नं ५ , कर्णाली प्रदेश, र सुदुर पश्चिम प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार राति देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । नं प्रदेश १, गण्डकी प्रदेश , प्रदेश नं ५ , कर्णाली प्रदेश,र सुदुर पश्चिम प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्