प'क्राउ

रकम असुलेको आ’रोपमा एक जना पक्राउ

कैलाली, ३१ साउन । भारत जाने भनेर कैलालीको त्रिनगर भन्सार सीमा नाकामा आएका नौ जना व्यक्तिबाट रकम असुलेको आ’रोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङ घर भई धनगढी बस्दै आएका माइकल भनिने एकेन्द्र खत्री रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

खत्रीलाई नियन्त्रणमा लिई थप अनु’सन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याईएको बताईएको छ । रासस

यो पनि पढ्नुहोस् :-

कैलाली, ३१ साउन । कैलालीबाट आठ जनालाई जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । लम्की चुहा नगरपालिका–१ बषपार्कमा रहेको दिपावली होटल एण्ड लजमा ता’स खेलिरहेको अवस्थामा आठ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले जु’वा खेलिरहेको अवस्थामा फेला पारी उनीहरुलाई नियन्त्रण लिएको हो । जु’वाखा’लबाट ८१ हजार रुपैयाँ र ता’सको गड्डी समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कैलालीको लम्की चुहा नगरपालिका–१ बस्ने, ३२ वर्षीय रामराज जैसी, ३६ वर्षीय लक्षमण बुढाथोकी, ३३ वर्षीय जिबन अधिकारी, ३० वर्षीय धमिन्द्र रावल, २० वर्षीय पबन थापा छन् ।

लम्की चुहा नगरपालिका–२ बस्ने ३३ वर्षीय प्रकाश शाही, वडा नम्बर ४ का ३३ वर्षीय पुरन बिक, र घोडाघोडी नगरपालिका–१ बस्ने अक्कल शाही पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्