संखुवासभा पहिरो

सिंगो गाउँ नै पहिरोले पुरिएपछि बस्ती स्थानान्तरण गरिने (अपडेट)

सिन्धुपल्च्वोक, ३१ साउन। गृहमन्त्री रामबहादुर थापाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीको बस्ती स्थानान्तरण गरी उचित स्थानमा बासस्थानको व्यवस्था मिलाइने बताएका छन् ।

पहिरोग्रस्त क्षेत्रमा शुक्रबार पुगेर स्थलगत अनुगमनपछि उनले सो कुरा बताएका हुन् । बिहान खसेको पहिरामा परेर त्यहाँ ११ जनाको मृत्यु भएको छ भने २७ बेपत्ता छन् ।

मन्त्री थापाले अझै ठूलो क्षति हुन सक्ने अवस्था देखिए पनि पूर्वसावधानी अपनाउँदा कम क्षति भएको बताए । सरकारका तर्फबाट उद्धारलाई छिटोभन्दा छिटो अघि बढाउने र पुनःनिर्माणको काम तीब्र बनाइने गृहमन्त्रीको भनाइ थियो ।

शुक्रबार गृहमन्त्री थापा राहत सामग्रीसहित घटनास्थलमा पुगेका थिए । उनले लिदी गाउँ जोखिमयुक्त ठाउँमा रहेको निष्कर्षका आधारमा स्थानीय प्रशासनले सचेतना अपनाउन आग्रह गरे पनि क्षति भएको भन्दै दुःख व्यक्त गरे ।

मन्त्री थापाले भने, “उहाँहरु साँझ सरेर अर्कै ठाउँमा बास बसे पनि बिहान घरमा फर्किएको समयमा पहिरो आएकोले क्षति हुन पुग्यो ।” पहिलो काम बेपत्ताहरुको खोज तथा उद्धार भएको भन्दै त्यसमा सक्रिय रुपमा सुरक्षाकर्मी खटिरहेको उनले बताए ।

उद्धार सकिएपछि बस्ती स्थानान्तरण गरी पीडितका लागि उपयुुक्त स्थानमा बासस्थानको व्यवस्था मिलाउन प्रक्रिया शुरु गरिने उहाँले आश्वासन दिए ।

गृहमन्त्री थापासँगै ४० परिवारका लागि पुग्ने राहत सामग्री पुर्याइएको छ । मन्त्रालयले दिएको जानकारीअनुसार ४० थान चाइनिज पाल, ४० वटा त्रिपाल सेट, ४० सेट भाँडावर्तन, ४० वटा ब्ल्यांकेट, ४० म्याट्रेस, ४० बाल्टिन, ४० जग, ५० प्लाष्टिकको ग्यालिन र ६० थान पञ्जा लगिएको हो । सोहीक्रममा मन्त्री थापाले तत्कालीन राहत सामग्रीका लागि सरकारका तर्फबाट रु दुई लाख हस्तान्तरण गरे । रासस

यो पनि पढ्नुहोस

काठमाडौँ, ३१ साउन। गृहमन्त्री रामबहादुर थापा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीस्थित भीषण पहिरो खसेको क्षेत्रमा राहत सामग्रीसहित गएका छन् । नेपाली सेनाको हेलिकप्टरमा उनीसहित गृहसचिव महेश्वर न्यौपाने तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलको टोली पहिरो प्रभावित क्षेत्रमा गएको हो ।

प्राप्त विवरणअनुसार पहिरोमा परी केही व्यक्तिको मृत्यु भएको छ भने ३३ भन्दा बढी बेपत्ता छन् । त्यहाँका ३६ घर पहिरामा परेको बताइएको छ । केही घाइतेलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । यसअघि बिहान सभामुख अग्नि सापकोटा पहिराग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरेर फर्किएका थिए । त्यही बेला केही घाइतेको उद्धारसमेत गरिएको थियो ।

सिन्धुपाल्चोकमा गएको भिषण पहिरोमा परी सिंगो गाँउ नै पुरियो ! यस्तो छ अबस्था

सिङ्गो गाउँ नै पहिरोले पुरिएको छ, अहिले पनि पहिरो खस्ला-खस्ला जस्तो भइरहेको छ (अपडेट)

लिदी पहिरो अपडेट: बेपत्तामध्ये ११ जनाको शव फेला

पहिरो

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्