कोरोनाबाटै मृत्यु

कोरोना संक्रमणका कारण थप एक जनाको मृत्‍यु

बुटवल, ३१ साउन । बुटवलमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्‍यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत कपिलवस्तुका एक कोरोना संक्रमित ब्यक्तिको शनिबार बिहान मृत्यु भएको हो ।

२९ गते ज्वरो खोकी लागेर उपचारको लागि लुम्बिनीस्थित प्रदेशिक अस्पतालमा आएका मायादेवी गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय पुरुषको बिहान ८ बजे मृत्यु भएको हो ।

उनमा यसअघि नै कोरोना पुष्टि भइसकेको थियो । ती पुरुषलाई आइसीयूमा राखेर उपचार गरिएको थियो ।

यो पनि पढ्नुहोस् :-

वीरगञ्ज, ३१ साउन । पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिकाको मुर्ली बस्ने ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट शुक्रबार बेलुकी ७ बजे मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि गत साउन २४ गते उनी वीरगञ्ज महानगरपालिकाद्वारा सञ्चालित गण्डक कोभिड अस्पतालमा भर्ना भएका थिए । उनी पहिलेदेखि नै उच्चरक्तचाप, मधुमेह तथा प्यारालायसिसबाट पीडित थिए ।

शुक्रबार बेलुकी एक्कासी स्वास्थ्यमा थप समस्या आएको र उपचारकै क्रममा निधन भएको गण्डक कोभिड अस्पताल स्रोतले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्