ह'त्या

मनमैजुमा च’क्कु हा’नेर तामाङको ह’त्या गर्ने मुख्य व्यक्ति पक्राउ

काठमाडौँ, ३१ साउन । काठमाडौँको मनमैजुमा च’क्कु हा’नेर नुवकोटका लक्ष्मण तामाङको ह’त्या गर्ने मुख्य व्यक्ति आङदोर्जे शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । दोलखा घर भएका आङदोर्जेलाई मनमैजु क्षेत्रबाट पक्राउ गरिएको महानगरीय अ’परा’ध महाशाखाले जनाएको छ ।

शुक्रबार साँझ सुमन गोर्खा खाजा घरमा ‘गर्लफेन्ड खोसेको’ वि’वादमा दुई समूहबीच झ’डप हुँदा शेर्पाले च’क्कु प्र’हार गर्दा लक्ष्मणको मृत्यु भएको थियो । नुवाकोटका २४ वर्षीय लक्ष्मणको शव ग्रिनसिटी अस्पतालमा राखिएको छ । बालाजुको सुकुम्बासी बस्तीमा बस्ने ह’त्या आ’रोपी आङदोर्जेबारे अनुसन्धान भइरहेको महानगरीय अ’परा’ध महाशाखाले जनाएको छ ।

तामाङको समूह त्यहाँ पुगेर चिया पिउँदा पिउँदै एकैछिनमा दुई पक्षबीच विवाद हुँदा दोर्जे समूहले छु’राले हानेर २४ वर्षीय लक्ष्मणको ह’त्या गरेका हुन् । शुक्रबार साँझ भएको सो ह’त्या ‘युवती विवाद’का कारण भएको प्रहरीको प्रारम्भिक अनु’सन्धानबाट थाहा भएको छ ।

उनीहरुबिच अघिल्लो दिन पनि सामान्य वि’वाद भएको थियो । दुईपक्ष झ’डप हुँदा दोर्जेले खाजा घरबाट लखे’ट्दै मितेरी पुलमा लगेर लक्ष्मणलाई छु’रा हा’नेको बताइएको छ ।

यो पनि पढ्नुहोस् :-

सिन्धुपल्च्वोक, ३० साउन। गृहमन्त्री रामबहादुर थापाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीको बस्ती स्थानान्तरण गरी उचित स्थानमा बासस्थानको व्यवस्था मिलाइने बताएका छन् ।

पहिरोग्रस्त क्षेत्रमा शुक्रबार पुगेर स्थलगत अनुगमनपछि उनले सो कुरा बताएका हुन् । बिहान खसेको पहिरामा परेर त्यहाँ ११ जनाको मृत्यु भएको छ भने २७ बेपत्ता छन् ।

मन्त्री थापाले अझै ठूलो क्षति हुन सक्ने अवस्था देखिए पनि पूर्वसावधानी अपनाउँदा कम क्षति भएको बताए । सरकारका तर्फबाट उद्धारलाई छिटोभन्दा छिटो अघि बढाउने र पुनःनिर्माणको काम तीब्र बनाइने गृहमन्त्रीको भनाइ थियो ।

शुक्रबार गृहमन्त्री थापा राहत सामग्रीसहित घटनास्थलमा पुगेका थिए । उनले लिदी गाउँ जोखिमयुक्त ठाउँमा रहेको निष्कर्षका आधारमा स्थानीय प्रशासनले सचेतना अपनाउन आग्रह गरे पनि क्षति भएको भन्दै दुःख व्यक्त गरे ।

मन्त्री थापाले भने, “उहाँहरु साँझ सरेर अर्कै ठाउँमा बास बसे पनि बिहान घरमा फर्किएको समयमा पहिरो आएकोले क्षति हुन पुग्यो ।” पहिलो काम बेपत्ताहरुको खोज तथा उद्धार भएको भन्दै त्यसमा सक्रिय रुपमा सुरक्षाकर्मी खटिरहेको उनले बताए ।

उद्धार सकिएपछि बस्ती स्थानान्तरण गरी पीडितका लागि उपयुुक्त स्थानमा बासस्थानको व्यवस्था मिलाउन प्रक्रिया शुरु गरिने उहाँले आश्वासन दिए ।

गृहमन्त्री थापासँगै ४० परिवारका लागि पुग्ने राहत सामग्री पुर्याइएको छ । मन्त्रालयले दिएको जानकारीअनुसार ४० थान चाइनिज पाल, ४० वटा त्रिपाल सेट, ४० सेट भाँडावर्तन, ४० वटा ब्ल्यांकेट, ४० म्याट्रेस, ४० बाल्टिन, ४० जग, ५० प्लाष्टिकको ग्यालिन र ६० थान पञ्जा लगिएको हो । सोहीक्रममा मन्त्री थापाले तत्कालीन राहत सामग्रीका लागि सरकारका तर्फबाट रु दुई लाख हस्तान्तरण गरे । रासस

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्